• मंगलबार ५-३०-२०८३/Tuesday 09-15-2026

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको २५ वर्ष : ८१ कार्यपत्रसहित ‘ज्ञान सम्मेलन’ हुँदै

काठमाडौँ । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले आफ्नो स्थापनाको २५ वर्ष पूरा भएको अवसरमा रजत जयन्ती भव्य रूपमा मनाउने भएको छ। यसै ऐतिहासिक अवसरलाई उत्सवमय बनाउन प्रतिष्ठानले ‘नेपाल आदिवासी ज्ञान सम्मेलन–महोत्सव २०८२’ आयोजना गर्ने घोषणा गरेको छ।

 

राजधानीमा आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानले ‘ज्ञानको आदान–प्रदान, धरोहरको संरक्षण, भविष्यको निर्माण’ भन्ने मूल नाराका साथ रजत जयन्ती मनाउन लागिएको जानकारी दिएको हो। सम्मेलनमा आदिवासी जनजातिका विविध पक्षमा केन्द्रित रहेर गहन छलफल हुनेछ। प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङका अनुसार, यही माघ २७ गते १५ वटा विषयगत शीर्षकमा आधारित ८१ वटा अनुसन्धानात्मक कार्यपत्र प्रस्तुत गरिनेछ।

 

कार्यपत्रमा समेटिएका मुख्य क्षेत्रहरूमा आदिवासी जनजातिको भाषा, लिपि र संस्कृत, मौलिक ज्ञान प्रणाली र परम्परागत सीप,  प्राकृतिक स्रोत व्यवस्थापन र जलवायु परिवर्तन, शिक्षा, स्वास्थ्य, रोजगारी र मानव अधिकार, लैङ्गिक समानता र समावेशी विकासका नीतिहरू,  नीति निर्माणमा प्रभाव पार्ने लक्ष्य रहेकोे छ ।

 

सम्मेलन तथा महोत्सवको औपचारिक समापन प्रधानमन्त्री शुशिला कार्कीको प्रमुख आतिथ्यतामा हुने आयोजकले जनाएको छ। कार्यक्रममा नेपालका विभिन्न भू(भागका साथै विदेशबाट समेत कम्तीमा ८०० भन्दा बढी अभियन्ता, अध्येता, विद्वान्, अनुसन्धानकर्ता, युवा तथा विद्यार्थीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।

 

विगत साढे दुई दशकदेखि प्रतिष्ठानले आदिवासी जनजातिको पहिचान, अधिकार, सशक्तीकरण र समावेशी राज्य निर्माणमा नेतृत्वदायी भूमिका खेल्दै आएको छ। यस सम्मेलनबाट प्राप्त हुने सुझाव र निष्कर्षहरूलाई आगामी सरकारी नीति, योजना तथा कार्यक्रम निर्माणमा ठोस योगदान पुर्‍याउने गरी सरकारलाई बुझाइनेछ।

प्रतिकृया दिनुहोस

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उहाँकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी भएको छ

कोशी र बागमती प्रदेशका पहाडी/हिमाली भूभाग तथा मधेस प्रदेशका केही ठाउँमा मध्यम वर्षा

काठमाण्डौ ।   बिहानैदेखि देशका पश्चिमी भू-भागमा पानी पर्न शुरु भएको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका तराई भूभागमा हल्कादेखि मध्यम

मन्त्रिपरिषद बैठक : इन्धन करमा ५० प्रतिशत छुट

काठमाण्डौ । सरकारले इन्धन करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ ।   आज बसेको मन्त्रिपरिषद् बैठकले इन्धनमा लाग्दै आएको करमा ५० प्रतिशत छुट दिने