• शुक्रबार ४-१५-२०८३/Friday 07-31-2026

सञ्चारविद् निर्मलमणि अधिकारीको स्वर्ण जन्मोत्सव मनाउन समिति गठन

काठमाडौँ । ख्यातिप्राप्त सञ्चारविद् एवम् 'साधारणीकरण मोडेल' का प्रतिपादक प्राध्यापक डाक्टर निर्मलमणि अधिकारीको स्वर्ण जन्मोत्सव प्राज्ञिक  कार्यक्रमहरू गरी मनाउने तयारी भइरहेको छ । 

 

काठमाडौं विश्वविद्यालय भाषा तथा आमसञ्चार विभागका प्रमुख डाक्टर अधिकारीको ५० औं जन्मोतस्व मनाउन सामाजिक जीवनका विभिन्न व्यक्तित्वहरू र  सोही विश्वविद्यालयमा विद्यावारिधी गरिरहेका  शोधार्थिहरू समेटिएको 'स्वर्ण जन्मोत्सव मूल समारोह समिति' गठन गरिएको छ ।  

 

विक्रम संवत् २०३३ सालमा तनहुँको छाङमा जन्मनु भएका डाक्टर अधिकारी आगामी जेठ १ गते ५० औँ वर्षमा प्रवेश गर्न लागेको अवसर उहाँको स्वर्ण जन्मोत्सव मनाउन लागिएको हो ।


नेपाली मौलिक दृष्टिकोणबाट सिद्धान्त, दर्शन र सञ्चार मोडेलको प्रतिपादन गरे वापत उहाँको योगदानको चर्चा गर्न जन्मोत्सवको तयारी भइरहेको हो । दुइ दिनसम्म र प्राज्ञिक कार्यक्रमहरू आयोजना गरिने मूल समारोह समितिका संयोजक संस्कृतिविद् अरूण पौडेलले जानकारी दिनु भयो ।  

 

विश्वस्तरीय मौलिक सिद्धान्तका प्रणेता अधिकारीका ६० भन्दा बढी पुस्तक र १०० भन्दा बढी अनुसन्धान लेखहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरूमा प्रकाशित छन् ।

 

"यो केवल एक व्यक्तिको जन्मोत्सव मात्र होइन, यो नेपाली सञ्चार चिन्तनको उत्सव हो ।" मूल समारोह समितिका संयोजक पौडेलले बताउनु भयो । 

 

संयोजक पौडेलका अनुसार डाक्टर अधिकारीको स्वर्ण जन्मोत्सव मनाउन ५१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । 

 

सो अवसरमा अनुसार भाषा, दर्शन र आमसञ्चारका विषयमा केन्द्रित रहेर अन्तर्राष्ट्रिय स्तरको सेमिनार तथा वेबिनारहरू आयोजना गरिनेछ । अन्तराष्ट्रिय समुदायका प्राज्ञिक व्यक्तिहरूो समेत सहभागिता गराउन कार्यपत्रहरूको माग गरिएको मूल समारोह समितिका संयोजक पौडेलले जानकारी गराउनु भयो । 

 

जन्मोत्सव मूल समितिका सचिव सहिष्णु पौडेलका अनुसार तृष्णा आचार्यको संयोजकत्वमा गोष्ठी तथा प्रकाशन समिति गठन गरिएको छ । त्यस्तै, प्रचार प्रसार संयोजकमा अमरध्वज लामा, डिजिटल सामग्री निर्माण संयोजकमा दिपा बस्नेत, अध्ययन तथा अनुसन्धान संयोजकमा सुशील गौतम, व्यवस्थापन संयोजकमा सम्झना घिमिरे, स्वयंसेवक व्यवस्थापन संयोजकमा रामहरि केसी र प्राविधिक संयोजन संयोजकमा रामकृष्ण प्रजापति चयन भएका छन् ।

आमसञ्चार विषयमा नेपालका पहिलो प्राध्यापक बन्ने गौरव हासिल गर्नुभएका डा. अधिकारीले स्नातकोत्तर, एमफिल र पिएचडी तीनै तहमा उत्कृष्टता हासिल गर्नुभएको छ ।

 

आयोजकका अनुसार स्वर्ण जन्मोतसव कार्यक्रमको विस्तृत तालिका शीघ्र सार्वजनिक गरिनेछ ।

प्रतिकृया दिनुहोस

सिद्धान्तकार अधिकारीको स्वर्ण जन्मोत्सव सम्पन्न

  काठमाडौँ । सिद्धान्तकार प्राध्यापक डाक्टर निर्मलमणि अधिकारीको स्वर्ण जन्मोत्सव समारोह शुक्रवार विभिन्न कार्यक्रमका साथ मनाइएको छ ।

विभिन्न देशमा रहेका १५ जना अवैतनिक दूतलाई पदमुक्त सरकारको गर्ने

काठमाण्डाै – सरकारले विभिन्न देशमा रहेका १५ जना अवैतनिक दूतलाई पदमुक्त गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न देशमा रहेका

उपसभामुखको चुनाव आज हुँदै, २६ वर्षीया रुबी ठाकुर निर्वाचित हुने निश्चित

काठमाण्डौ- प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज चुनाव हुँदैछ ।   संसद भवनमा दिउँसो ४ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा उपसभामुख चयनको प्रक्रिया