पूर्वराष्ट्रपति भण्डारीद्वारा कक्षा १२ मा उतीर्ण विद्यार्थीलाई उज्ज्वल शैक्षिक भविष्यका लागि शुभकामना
काठमाण्डौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले हिजो सार्वजनिक भएको कक्षा १२ को परीक्षाफलमा उतीर्ण भएका सम्पूर्ण विद्यार्थीलाई हार्दिक बधाई तथा उज्ज्वल शैक्षिक भविष्यका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।
उहाँले सामाजिक सञ्जालमार्फत विद्यार्थीहरूको परिश्रम, लगनशीलता र आत्मविश्वासको प्रतिफलस्वरूप प्राप्त यो सफलताले भविष्यमा अझ धेरै अवसरको ढोका खोल्ने विश्वास व्यक्त गर्नु भएको छ । उहाँले भन्नुभएको छ, ” तपाईँहरूको अथक परिश्रम, लगनशीलता र आत्मविश्वासको प्रतिफलस्वरूप प्राप्त यो सफलताले भविष्यमा अझ उत्कृष्ट अवसरहरूको ढोका खोल्नेछ भन्ने विश्वास लिएको छु ।”
त्यस्तै, अपेक्षित नतिजा प्राप्त गर्न नसकेका विद्यार्थीहरूलाई पनि भण्डारीले असफलतालाई अन्त्य नभई नयाँ सुरुवातको अवसरको रूपमा लिन आग्रह गर्नुभएको छ । निरन्तर अभ्यास, अटुट आत्मबल र मेहनतमार्फत भविष्यमा अझ उत्कृष्ट उपलब्धि हासिल गर्न सकिने उहाँको धारणा छ।
पूर्वराष्ट्रपति भण्डारीले शिक्षा जीवनको मेरुदण्ड भएको उल्लेख गर्दै विद्यार्थी भाइ–बहिनीहरूले ज्ञान, सीप र अनुशासनमार्फत आफ्नो जीवन उज्यालो बनाउने आशा व्यक्त गर्नुभएको छ ।
“शिक्षा नै जीवनको मेरुदण्ड हो भन्ने दृढ विश्वासका साथ विद्यार्थी भाइ–बहिनीहरूले ज्ञान, सीप र अनुशासनको माध्यमबाट आफ्नो जीवनलाई उज्यालो बनाउँदै लैजानु हुनेछ भन्ने आशा राख्दछु ।” पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बताउनु भएकाे छ ।
शिक्षामन्त्री महाविर पुनद्वारा राजीनामा
काठमाण्डौ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले राजीनामा दिनुभएको छ । अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सन्जालमार्फत्
राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा १२ को पूरक परीक्षासम्बन्धी समयतालिका तथा आवेदन प्रक्रिया सार्वजनिक
काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षासम्बन्धी समयतालिका तथा आवेदन प्रक्रिया सार्वजनिक गरेकाे छ । जस अनुसार कक्षा १२
लोक सेवा आयोगले पदपूर्तिका लागि वार्षिक कार्यतालिका सार्वजनिक
काठमाडौँ । लोक सेवा आयोगले पदपूर्तिका लागि वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले बुधबार गोरखापत्रमा आर्थिक वर्ष २०८२/८३ को पदपूर्तिका
.jpeg)





प्रतिकृया दिनुहोस