लोक सेवा आयोगले पदपूर्तिका लागि वार्षिक कार्यतालिका सार्वजनिक
काठमाडौँ । लोक सेवा आयोगले पदपूर्तिका लागि वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले बुधबार गोरखापत्रमा आर्थिक वर्ष २०८२/८३ को पदपूर्तिका लागि वार्षिक कार्यतालिका सार्वजनिक गरेको हो ।
आयोगका सूचना अधिकारी एकनारायण शर्माले संघीय निजामती सेवा, नेपाल स्वास्थ्य सेवा, संघीय संसद सेवा तथा राष्ट्रिय मानव अधिकार सेवा, सुरक्षा निकाय, अन्य संघीय सरकारी सेवा र सङ्गठित संस्थाका पदका लागि लक्षित गर्दै वार्षिक कार्यतालिका सार्वजनिक गरेको जानकारी दिनुभयो ।
आयोगका अनुसार कार्यतालिका २०८२ साउन १ गतेबाट लागु हुने छ । अदालतमा मुद्दा विचाराधीन रही रोकिएका निकायको हकमा आदेश प्राप्त भएमा प्राथमिकता दिई सञ्चालन गरिने छ । अदालतको आदेश/फैसला कार्यान्वयनको क्रममा उल्लिखित कार्यतालिका फेरबलद हुन सक्ने आयोगले जनाएको छ । शर्माका अनुसार पदपूर्ति सम्बन्धी विज्ञापन सम्बन्धित संस्थाबाट हुनेछ ।
लोक सेवा अयोग नियमावली, २०७९ (संशोधन सहित) नियम २३ क को उपनियम (१) मा भएको व्यवस्था बमोजिम आयोगबाट पदपूर्तिका लागि सहमति प्राप्त गरी विज्ञापन प्रकाशन गर्ने सङ्गठित संस्थाकोलागि अप्राविधिकतर्फका सहायकस्तर द्दितीय, खरिदार वा सो सरहको पदको खुला प्रतियोगितात्मक लिखित परीक्षाको लागि योग्यता पुगेका इच्छुक नेपाली नागरिकले दरखास्त आह्वान गरिएको हो ।
तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारले आयोगको अनलाइन मार्फत आवेदन दिनुपर्ने छ । असोजको अन्तिम बुधबार पहिलो पटक अप्राविधिकतर्फ सहसचिव र उपसचिवको विज्ञापन सार्वजनिक गरिने तालिका रहेको उहाँ बताउनुहुन्छ । संङ्गठित पदका लागि सूचना प्रकाशन साउन देखि सूरु हुन छ । यसैगरी, लिखित परीक्षा असोज कातिकमा हुने छ भने मङ्सिर पुसमा नतिजा प्रकाशन हुने छ ।
यससम्बन्धी विस्तृत विवरण २०८२ साउन ७ गते बुधबारको गोरखापत्र दैनिकमा प्रकाशित भएको छ ।
शिक्षामन्त्री महाविर पुनद्वारा राजीनामा
काठमाण्डौ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले राजीनामा दिनुभएको छ । अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सन्जालमार्फत्
राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा १२ को पूरक परीक्षासम्बन्धी समयतालिका तथा आवेदन प्रक्रिया सार्वजनिक
काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षासम्बन्धी समयतालिका तथा आवेदन प्रक्रिया सार्वजनिक गरेकाे छ । जस अनुसार कक्षा १२
पूर्वराष्ट्रपति भण्डारीद्वारा कक्षा १२ मा उतीर्ण विद्यार्थीलाई उज्ज्वल शैक्षिक भविष्यका लागि शुभकामना
काठमाण्डौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले हिजो सार्वजनिक भएको कक्षा १२ को परीक्षाफलमा उतीर्ण भएका सम्पूर्ण विद्यार्थीलाई हार्दिक बधाई तथा
.jpeg)





प्रतिकृया दिनुहोस