विभिन्न देशमा रहेका १५ जना अवैतनिक दूतलाई पदमुक्त सरकारको गर्ने
काठमाण्डाै – सरकारले विभिन्न देशमा रहेका १५ जना अवैतनिक दूतलाई पदमुक्त गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न देशमा रहेका अवैतनिक दूतलाई फिर्ता बोलाउने निर्णय गरेको सरकारका प्रवक्ता एवम् शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो ।
यस्तै बैठकले यही वैशाख २८ गते सोमवार दिउँसो ४ बजे सङ्घीय संसद्को दुवै सदनलाई सम्बोधन गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई अनुरोध गर्ने निर्णय गरेको छ । सदनमा अनिवार्य रूपमा उपस्थित हुनका लागि सांसदलाई आह्वान गरिएको सरकारका प्रवक्ता पोखरेलले बताउनुभयो ।
त्यसैगरी मन्त्रिपरिषद् बैठकले अन्तर्राष्ट्रिय श्रम सङ्गठन बाध्यकारी श्रम महासन्धि १९३० सम्बन्धी २०१४ र असंलग्न श्रम सङ्गठनको श्रम निरीक्षणसम्बन्धी महासन्धि १९४७ अनुमोदनका लागि सङ्घीय संसदमा पेश गर्न स्वीकृति प्रदान गरेको छ ।
सिद्धान्तकार अधिकारीको स्वर्ण जन्मोत्सव सम्पन्न
काठमाडौँ । सिद्धान्तकार प्राध्यापक डाक्टर निर्मलमणि अधिकारीको स्वर्ण जन्मोत्सव समारोह शुक्रवार विभिन्न कार्यक्रमका साथ मनाइएको छ ।
सञ्चारविद् निर्मलमणि अधिकारीको स्वर्ण जन्मोत्सव मनाउन समिति गठन
काठमाडौँ । ख्यातिप्राप्त सञ्चारविद् एवम् 'साधारणीकरण मोडेल' का प्रतिपादक प्राध्यापक डाक्टर निर्मलमणि अधिकारीको स्वर्ण जन्मोत्सव
उपसभामुखको चुनाव आज हुँदै, २६ वर्षीया रुबी ठाकुर निर्वाचित हुने निश्चित
काठमाण्डौ- प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज चुनाव हुँदैछ । संसद भवनमा दिउँसो ४ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा उपसभामुख चयनको प्रक्रिया
.jpeg)




प्रतिकृया दिनुहोस