देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उहाँकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
गैरकानुनी सम्पत्ति आर्जनको अनुसन्धानको सिलसिलामा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरु विरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको उच्च स्रोतले बतायो ।
स्रोतले भन्यो, ‘अदालतले पक्राउ अनुमति दिइसकेको छ तर उहाँहरु नेपालमा नभएकाले पक्राउ गर्न सकिएको छैन ।’
जेनजी आन्दोलन हुँदा बुढानीलकण्ठस्थित घरमा आगजनी समेत हुँदा जलेका पैसाका नोट भेटिएको विषय सार्वजनिक भएको थियो ।
त्यसपछि सम्पत्ति शुद्धीकरण विभागले देउवा निवासमा पुगेर मुचुल्का समेत उठाएको थियो । विभागले पत्राचारपछि अहिले यसको अनुसन्धान सीआईबीले अघि बढाएको छ ।
कोशी र बागमती प्रदेशका पहाडी/हिमाली भूभाग तथा मधेस प्रदेशका केही ठाउँमा मध्यम वर्षा
काठमाण्डौ । बिहानैदेखि देशका पश्चिमी भू-भागमा पानी पर्न शुरु भएको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका तराई भूभागमा हल्कादेखि मध्यम
मन्त्रिपरिषद बैठक : इन्धन करमा ५० प्रतिशत छुट
काठमाण्डौ । सरकारले इन्धन करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले इन्धनमा लाग्दै आएको करमा ५० प्रतिशत छुट दिने
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको २५ वर्ष : ८१ कार्यपत्रसहित ‘ज्ञान सम्मेलन’ हुँदै
काठमाडौँ । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले आफ्नो स्थापनाको २५ वर्ष पूरा भएको अवसरमा रजत जयन्ती भव्य रूपमा मनाउने भएको छ। यसै ऐतिहासिक
.jpeg)





प्रतिकृया दिनुहोस