एएफसी यू-२० महिला एशियन कप छनोट : नेपालले साउदी अरेबियालाई हरायो
काठमाण्डाै । एएफसी २० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपालले साउदी अरेबियालाई हराएको छ । भुटानको चाङ्लिमिथाङ रङ्गशालामा आज भएको खेलमा नेपालले साउदी अरेबियालाई १–० गोलले हरायो ।
नेपालकी शुक्रिया मियाँले खेलको ९०औं मिनेटमा गोल गरिन् । यसअघि खेलको ३६औं मिनेटमा पाएको पेनाल्टी नेपालले सदुपयोग गर्न सकेन । मीना देउवाले प्रहार गरेको पेनाल्टी बारमा लागेको थियो ।
प्रतियोगिताको पहिलो खेलमा नेपालले घरेलु टोली भूटानसँग १–१ गोलको बराबरी खेलेको थियो । अब नेपालले समूह चरणको अन्तिम खेलमा आइतवार बलियो टोली उत्तर कोरियासँग खेल्नेछ ।
३२ देशको सहभागिता रहेको छनोटमा आठ समूह छन् । हरेक समूहका विजेता आठ टोली तथा उत्कृष्ट तीन उपविजेता टोलीले आउँदो वर्ष थाइल्यान्डमा हुने २० वर्षमुनिको एशिया कपमा स्थान बनाउने छन् ।
टी-२० विश्वकप ग्लोबल छनोट : नेपालको दोस्रो हार
काठमाण्डौ । घरेलु मैदानमा जारी आईसीसी महिला टी २० विश्वकप ग्लोबल छनोटअन्तर्गत आफ्नो दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । टीयु क्रिकेट मैदानमा आज
२० वर्षमुनिको साफ महिला च्याम्पियनशिप : नेपालले आज भुटानसँग खेल्दै
काठमाण्डौ – बङ्गलादेशमा हुने २० वर्षमुनिको साफ महिला च्याम्पियनशिप २०२५ आजदेखि शुरू हुँदैछ । खेल बङ्गलादेशको बसुन्धारा किङ्स एरेनामा नेपाली
नेपाल एसीसी यू-१६ इस्ट जोन कपको फाइनलमा
काठमाडौं । नेपाल एसीसी यू-१६ इस्ट जोन कपको फाइनलमा पुगेको छ । आज भएको सेमिफाइनल म्याचमा आयोजक मलेसियालाई ९ विकेटले हराउँदै नेपालले फाइनलमा स्थान
.jpeg)





प्रतिकृया दिनुहोस