नेपाल एसीसी यू-१६ इस्ट जोन कपको फाइनलमा
काठमाडौं । नेपाल एसीसी यू-१६ इस्ट जोन कपको फाइनलमा पुगेको छ ।
आज भएको सेमिफाइनल म्याचमा आयोजक मलेसियालाई ९ विकेटले हराउँदै नेपालले फाइनलमा स्थान बनाएको हो ।
पहिले ब्याटिङ गर्दै मलेसियाले दिएको ९१ रनको लक्ष्य नेपालले ११.४ ओभरमै भेट्टायो । नेपालका ओपनर परिमार्जन यादवले ३५ बलमा ५९ रनको विष्फोटक इनिङ खेल्दै जितसम्म पुर्याए ।
शिवान्स बजगाईं २३ रनमा अविजित रहे ।
टस हारेर पहिला ब्याटिङ गरेको मलेसिया ४३ ओभर १ बलमा ९० रनमा समेटिएको थियो । मलेसियाका मुहम्मद फातुल मुइनले ३८ रन बनाउँदा अन्य ब्याटर चल्न सकेनन् ।
बलिङमा नेपालका अभय यादवले सर्वाधिक ४ विकेट लिए । शुभम खनालले ३, कप्तान विपीन शर्मा र सचिव भट्टले एकएक विकेट लिएका थिए । नेपालले अब उपाधिका लागि हङकङ र सिंगापुरबीचको विजेतासँग खेल्नेछ ।
फाइनल खेल शनिबार हुनेछ ।
टी-२० विश्वकप ग्लोबल छनोट : नेपालको दोस्रो हार
काठमाण्डौ । घरेलु मैदानमा जारी आईसीसी महिला टी २० विश्वकप ग्लोबल छनोटअन्तर्गत आफ्नो दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । टीयु क्रिकेट मैदानमा आज
एएफसी यू-२० महिला एशियन कप छनोट : नेपालले साउदी अरेबियालाई हरायो
काठमाण्डाै । एएफसी २० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपालले साउदी अरेबियालाई हराएको छ । भुटानको चाङ्लिमिथाङ रङ्गशालामा आज भएको खेलमा नेपालले
२० वर्षमुनिको साफ महिला च्याम्पियनशिप : नेपालले आज भुटानसँग खेल्दै
काठमाण्डौ – बङ्गलादेशमा हुने २० वर्षमुनिको साफ महिला च्याम्पियनशिप २०२५ आजदेखि शुरू हुँदैछ । खेल बङ्गलादेशको बसुन्धारा किङ्स एरेनामा नेपाली
.jpeg)





प्रतिकृया दिनुहोस