नेपालको निर्यातमा ऐतिहासिक वृद्धि भएको प्रधानमन्त्री ओलीको दाबी
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको निर्यातमा ऐतिहासिक वृद्धि भएको दाबी गर्नुभएको छ।
चालु आर्थिक वर्षमा नेपालले २ खर्ब ७७ अर्ब ३ करोड २ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवाको निर्यात गर्न सफल भएको प्रधानमन्त्री ओलीले बताउनु भएकाे छ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत् लेख्दै भन्नुभएको छ, ‘यस वर्ष निर्यातमा इतिहासकै उच्च बिन्दु हासिल भएको छ।’

प्रधानमन्त्री ओलीका अनुसार आफू प्रधानमन्त्री हुनुअघि अर्थात् अघिल्लो वर्ष नेपालको कुल निर्यात १ खर्ब ५२ अर्ब ३८ करोड १२ लाख रुपैयाँ मात्र रहेको थियो। ‘गत वर्षको तुलनामा निर्यात ८१.८० प्रतिशतले वृद्धि भएको छ,’ प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभएको छ।
प्रधानमन्त्री ओली नेतृत्वको सरकारले घरेलु उत्पादनमा आधारित निर्यात प्रवर्द्धनलाई प्राथमिकता दिएको दाबी गर्दै आएकाे छ। निर्यात वृद्धिको यो तथ्याङ्कले सरकारको नीति सही दिशातर्फ उन्मुख रहेको जनाइएको छ।
ग्लोबल आइएमई बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा १० प्रतिशत छुट
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले अन्नपूर्ण न्यूरो अस्पतालमा १० प्रतिशत छुट पाउने भएका छन् । समझदारीमा बैंकका सहायक महाप्रबन्धक तथा
बजेट कार्यान्वयनका लागि अर्थ मन्त्रालयद्वारा ९५ बुँदे मार्गदर्शन जारी
काठमाण्डौ। चालु आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनका लागि अर्थ मन्त्रालयले ९५ बुँदे मार्गदर्शन जारी गर्दै सबै विषयगत मन्त्रालय, विभाग तथा
आर्थिक वर्ष ८१/८२ मा ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ बराबर राजस्व संकलन
काठमाडौं । आर्थिक वर्ष २०८१/०८२ मा ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ बराबर राजस्व संकलन भएको छ। अघिल्लो आर्थिक वर्षको भन्दा यो १ खर्ब २० अर्ब बढी हो
.jpeg)





प्रतिकृया दिनुहोस