• शुक्रबार ४-१५-२०८३/Friday 07-31-2026

श्रमाधान रोजगार मेला आज समापन हुँदै : १० हजारभन्दा धेरै युवाको आवेदन

काठमाण्डौ । सरकारले गएको १७ गतेदेखि शुरु गरेको श्रमाधान रोजगार मेला आज समापन हुँदैछ । कोशी प्रदेशको विराटनगरबाट शुरु भएको मेला आज बाग्मती प्रदेशको ललितपुरमा समापन हुन लागेको हो । ललितपुरको पाटन बहुमुखी क्याम्पसमा हिजोदेखि श्रमाधान रोजगार मेला भइरहेको छ ।

 

मेलामा विभिन्न ८० स्टल रहेका छन् । सरकारले रोजगारदाता र श्रमिकबीच सम्बन्ध जोड्ने उद्देश्यले देशका सात वटै प्रदेशमा मेला गरेको हो । यसअघि कोशी, मधेश, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मेला सम्पन्न भइसकेको छ ।

 

कोशीको विराटनगरमा गएको जेठ १७ र १८ मा, मधेशको जनकपुरमा जेठ १९ र २० मा, गण्डकीको पोखरामा जेठ २१ र २२ मा, लुम्बिनीको बुटवलमा जेठ २३ र २४ मा, कर्णालीको सुर्खेतमा जेठ २५ र २६ मा तथा सुदूरपश्चिमको धनगढीमा जेठ २७ र २८ मा मेला भएको हो ।

मेला अन्तर्गत अहिलेसम्म १० हजारभन्दा धेरै युवाले रोजगारीका लागि आवेदन दिएका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । यसमध्ये एक हजार युवालाई रोजगारी सुनिश्चित भएको र १६ सय भन्दा धेरैलाई विभिन्न उद्योग प्रतिष्ठानले रोजगारीका लागि अन्तर्वार्तामा बोलाएको मन्त्रालयको भनाई छ । 

प्रतिकृया दिनुहोस

श्रमिक आन्दोलनको गति जबजमा आधारित हुने: जिफन्ट (घोषणापत्र सहित)

काठमाडौँ । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले नयाँ श्रमिक आन्दोलनको घोषणा पत्र सार्वजनिक गरेको  छ । जिफन्ट मुख्यालय पुतली सडकमा मङ्गलवार

मोटरसाइकल मेकानिक्स सङ्घको अध्यक्षमा राम श्रेष्ठ निर्वाचित

  ललितपुर । मोटरसाइकल मेकानिसक्स संघ, नेपालको अध्यक्षमा राम श्रेष्ठ निर्वाचित भएका छन् । चैत २१ गते (शनिवार) ललिपुरको पाटनाम सम्पन्न दोस्रो साधारण

काठमाण्डौ महानगरपालिकाले आज टुँडिखेलमा ‘रोजगार मेला’ आयोजना गर्दै

काठमाण्डौ ।  काठमाण्डौ महानगरपालिकाले आज टुँडिखेलमा ‘रोजगार मेला’ आयोजना गर्दैछ ।   सिप मेलाबाट प्रशिक्षण पाएका जनशक्तिलाई रोजगारदातासँग