काठमाण्डौ महानगरपालिकाले आज टुँडिखेलमा ‘रोजगार मेला’ आयोजना गर्दै
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले आज टुँडिखेलमा ‘रोजगार मेला’ आयोजना गर्दैछ ।
सिप मेलाबाट प्रशिक्षण पाएका जनशक्तिलाई रोजगारदातासँग भेट गराउन ‘रोजगार मेला’ आयोजना गर्न लागेको हो । महानगरको शहरी योजना आयोगका सदस्य एवम् सिप मेला निर्देशक समितिका सदस्य इञ्जिनियर शैलेन्द्र झाकाअनुसार टुँडिखेलमा हरेक विधासँग सम्बन्धित प्रदर्शनी स्थल हुनेछन् । यी स्थलमा प्रशिक्षार्थीले प्रशिक्षणका क्रममा सिकेको सिप र यसबाट प्राप्त भएको दक्षताबाट उत्पादन गरेका वस्तु तथा सामग्री राखिनेछन् । सामग्री उत्पादन नहुने खालका सिपका बारेमा भिडियो प्रदर्शनी र आपसी कुराकानी हुनेछ ।
यससँगै त्यस पेशासँग सम्बन्धित तालिम प्राप्त व्यक्तिको नाम, सम्पर्क नम्बर र उनीहरुले तालिम लिएको पाठ्यक्रम प्रदर्शन हुनेछ । यस कार्यक्रममार्फत रोजगारदाताले आफूलाई आवश्यक पर्ने जनशक्तिका बारेमा जानकारी लिने र रोजगारीका लागि उनिहरुलाई सम्पर्क गर्न सक्ने महानगरले जनाएको छ ।
मेला दिउँसो १२ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछ । गएको वैशाख १९ गतेदेखि टुँडिखेलमा १० वटा विधाका ३० वटा पेशासँग सम्बन्धित तालिम शुरु गरिएको थियो । जेठ २० गते तालिम सकिएपछि २२ गते रोजगार तथा स्वरोजगार सिपमूलक तालिम, यसको तह तथा योग्यता परीक्षण र प्रमाणिकरणका लागि कसले कस्तो नीति बनाउनुपर्ला भन्ने विषयमा नीति संवाद कार्यक्रम आयोजना गरिएको थियो ।
संवादमा अप्रमाणित दक्ष, प्रमाणित दक्ष, अप्रमाणित अर्धदक्ष तथा अदक्ष र प्रमाणित अर्धदक्ष तथा अदक्ष जनशक्तिको व्यावसायिक सिप परीक्षण, स्तर र योग्यताको विषयमा छलफल गरिएको थियो ।
श्रमिक आन्दोलनको गति जबजमा आधारित हुने: जिफन्ट (घोषणापत्र सहित)
काठमाडौँ । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले नयाँ श्रमिक आन्दोलनको घोषणा पत्र सार्वजनिक गरेको छ । जिफन्ट मुख्यालय पुतली सडकमा मङ्गलवार
मोटरसाइकल मेकानिक्स सङ्घको अध्यक्षमा राम श्रेष्ठ निर्वाचित
ललितपुर । मोटरसाइकल मेकानिसक्स संघ, नेपालको अध्यक्षमा राम श्रेष्ठ निर्वाचित भएका छन् । चैत २१ गते (शनिवार) ललिपुरको पाटनाम सम्पन्न दोस्रो साधारण
श्रमाधान रोजगार मेला आज समापन हुँदै : १० हजारभन्दा धेरै युवाको आवेदन
काठमाण्डौ । सरकारले गएको १७ गतेदेखि शुरु गरेको श्रमाधान रोजगार मेला आज समापन हुँदैछ । कोशी प्रदेशको विराटनगरबाट शुरु भएको मेला आज बाग्मती प्रदेशको
.jpeg)





प्रतिकृया दिनुहोस