• सोमबार १-१७-२०८१/Monday 04-29-2024

उडेको जहाजमा आगलागी : २३१ यात्रु सकुशल (हेर्नुहोस् भिडियो)

एजेन्सी । अमेरिकाको डेनभरमा शनिबार एक हवाई जहाजको एउटा इन्जिन फेल भएको छ ।

 

२३१ यात्रु र १० जना चालक दलका सदस्य बोकेर डेनभरबाट होनोलुलुका लागि उडेको युनाइटेड एयलाइन्सको बोइङ ७७७–२०० जहाजको दाँयातर्फको इन्जिनमा विमानस्थलबाट उडेको केहीबेरमै समस्या आएको थियो।

 

इन्जिनमा समस्या आएपछि पाइलटले सहयोग माग्दै डेनभर विमानस्थलको एयर ट्राफिक कन्ट्रोलसंग सम्पर्क गरेका थिए।

 

ट्विटरमा पोष्ट भएका भिडिओमा इन्जिनमा आगो लागेको देखिन्छ। तर पाइलटले नआत्तिकन उक्त जहाजलाई सफलतापूर्वक अवतरण गराएका छन्।

 

डेनभर इन्टरनेशनल एयरपोर्टबाट शनिबार दिउँसो १२.४९ बजे उडेको जहाज १.३० बजे फर्केर अवतरण गरेको थियो। फर्कने क्रममा एउटा इन्जिनका टुक्राहरू बाटैमा खसेका थिए।

डेनभर विमानस्थलका प्रवक्ता एलेक्स रेन्टरियाले सबै यात्रु र चालक दलका सदस्य सकुशल रहेको बताएका छन। जहाजका टुक्रा बाटोमा खसे पनि अहिलेसम्म कोही घाइते भएको खबर नआएको उनले बताए।

 

ब्रुमफिल्ड प्रहरीले धेरै ठाउँमा जहाजका टुक्रा खसेको उल्लेख गर्दै अनुसन्धानका लागि चाहिने भएकाले तिनलाई नछुन र यताउता नफाल्न आग्रह गरेको छ।

 

अमेरिकाको नेशनल ट्रान्सपोर्टेसन सेफ्टी बोर्डले २६ वर्ष पुरानो उक्त जहाजको इन्जिनमा किन समस्या आयो भन्नेबारे अनुसन्धान थाल्ने बिबिसी ले जनाएको छ।

 

 

प्रतिकृया दिनुहोस

प्रतिनिधिसभा बैठक सुरू (लाइभ हेर्नुहोस्)

काठमाडौं । प्रतिनिधिसभाको सातौँ अधिवेशन आजदेखि सुरु भएको छ ।सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा अहिले प्रतिनिधिसभा बैठक सञ्चालन भइरहेको छ ।   आजको

सरकार-विप्लव सहमति पत्रमा हस्ताक्षर समारोह शुरू (लाइभ)

काठमाडौं । नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीविछ सम्पन्न सहमति पत्रमा हस्ताक्षर कार्यक्रम काठमाडौंस्थित राष्ट्रिय सभागृहमा शुरू भएको छ । आजै

विराटनगरमा नेकपाको बृहत जनसभा सुरू : मुख्य वक्ताका रूपमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने (LIVE)

 विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश १ स्तरीय आमसभा विराटनगरमा  सुरु भएको छ । वृहत् जनसभालाई मुख्य वक्ताका रूपमा प्रधानमन्त्री केपी