ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि यसै साता पुनः वार्ता सुरु गर्ने
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्य गर्न यसै साता पुनः वार्ता सुरु हुन सक्ने संकेत दिएका छन् । पाकिस्तानको इस्लामावादमा भएको वार्ता असफल भएपछि अमेरिकाले इरानी बन्दरगाहहरूमा समुद्री नाकाबन्दी गरेको छ ।
अमेरिकी सेनाका अनुसार नाकाबन्दी सुरु भएको पहिलो २४ घण्टामा कुनै पनि जहाजले इरानी तटीय क्षेत्रमा आवतजावत गर्न सकेनन् । यस अवस्थाले आगामी साता सकिने भनिएको दुईहप्ते युद्धविरामको सम्भावनामा अनिश्चितता बढाएको छ ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले वार्ता पुनः सुरु हुने सम्भावना उच्च रहेको बताएका छन् । अमेरिका र इरानका वार्ताकार टोलीहरू पुनः पाकिस्तान फर्किन सक्ने जानकारी पनि दिइएको छ ।
यसबीच इरानले तेल तथा ग्यास आपूर्तिका लागि महत्त्वपूर्ण जलमार्ग स्ट्रेट अफ होर्मुज प्रभावकारी रूपमा बन्द गरेको छ । अमेरिकाले दर्जनौँ युद्धपोत र हजारौँ सैनिक परिचालन गरेर नाकाबन्दी कडाइका साथ लागू गरेको छ, जसले इरानको अर्थतन्त्रमा दबाब सिर्जना गर्ने लक्ष्य राखेको बीबीसीले जनाएको छ ।
यद्यपि, केही जहाजहरूले नाकाबन्दीको बाबजुद उक्त जलमार्ग पार गरेको तथ्य सार्वजनिक भएको छ । वार्तामा इरानको आणविक कार्यक्रम मुख्य विवादको विषय बनेको छ, जहाँ अमेरिकाले २० वर्षसम्म युरेनियम समृद्धि रोक्न प्रस्ताव गरेको थियो भने इरानले पाँच वर्षको प्रस्ताव राखेको बताइएको छ ।
अन्तर्राष्ट्रिय मुद्रा कोषले युद्धका कारण विश्व अर्थतन्त्र मन्दीतर्फ जानसक्ने चेतावनी दिएको छ भने चीनले अमेरिकी कदमलाई खतरनाक र गैरजिम्मेवार भन्दै तनाव बढाउने चेतावनी दिएको छ । यसैबीच, इजरायल र लेबनानबीच पनि सिधा वार्ता सुरु भएको छ ।
इरान र अमेरिकाबीचको शान्ति वार्ता निष्कर्षविहीन
एजेन्सी । अमेरिका र इरानबीच पाकिस्तानमा सम्पन्न उच्चस्तरीय शान्ति वार्ताबाट कुनै ठोस सहमति हुन नसकेको बीबीसीले जनाएको छ । पाकिस्तानको
अमेरिका र इसराइलको पछिल्लो गतिविधिले वार्ताको औचित्य सकियो : इरान
एजेन्सी । इरानले अमेरिका र इसराइलको पछिल्लो गतिविधिले वार्ताको औचित्य नरहने बताएको छ। इरानका सभामुख मोहम्मद बाघेर गालिबाफले युद्धविराम
तत्कालका लागि आक्रमण रोक्न इरानका सर्वोच्च नेता खामेनीको निर्देशन
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको दुई हप्ताको युद्धविरामपछि इरानका सर्वोच्च नेता मोजतबा खामेनीले आफ्ना सबै सैन्य इकाइलाई
.jpeg)





प्रतिकृया दिनुहोस