• शुक्रबार ४-१५-२०८३/Friday 07-31-2026

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उहाँकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

 

गैरकानुनी सम्पत्ति आर्जनको अनुसन्धानको सिलसिलामा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरु विरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको उच्च स्रोतले बतायो ।

 

स्रोतले भन्यो, ‘अदालतले पक्राउ अनुमति दिइसकेको छ तर उहाँहरु नेपालमा नभएकाले पक्राउ गर्न सकिएको छैन ।’

 

जेनजी आन्दोलन हुँदा  बुढानीलकण्ठस्थित घरमा आगजनी समेत हुँदा जलेका पैसाका नोट भेटिएको विषय सार्वजनिक भएको थियो ।

 

त्यसपछि सम्पत्ति शुद्धीकरण विभागले देउवा निवासमा पुगेर मुचुल्का समेत उठाएको थियो । विभागले पत्राचारपछि अहिले यसको अनुसन्धान सीआईबीले अघि बढाएको छ ।

प्रतिकृया दिनुहोस

सिद्धान्तकार अधिकारीको स्वर्ण जन्मोत्सव सम्पन्न

  काठमाडौँ । सिद्धान्तकार प्राध्यापक डाक्टर निर्मलमणि अधिकारीको स्वर्ण जन्मोत्सव समारोह शुक्रवार विभिन्न कार्यक्रमका साथ मनाइएको छ ।

विभिन्न देशमा रहेका १५ जना अवैतनिक दूतलाई पदमुक्त सरकारको गर्ने

काठमाण्डाै – सरकारले विभिन्न देशमा रहेका १५ जना अवैतनिक दूतलाई पदमुक्त गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न देशमा रहेका

सञ्चारविद् निर्मलमणि अधिकारीको स्वर्ण जन्मोत्सव मनाउन समिति गठन

काठमाडौँ । ख्यातिप्राप्त सञ्चारविद् एवम् 'साधारणीकरण मोडेल' का प्रतिपादक प्राध्यापक डाक्टर निर्मलमणि अधिकारीको स्वर्ण जन्मोत्सव