• मंगलबार ५-३०-२०८३/Tuesday 09-15-2026

तत्कालका लागि आक्रमण रोक्न इरानका सर्वोच्च नेता खामेनीको निर्देशन

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको दुई हप्ताको युद्धविरामपछि इरानका सर्वोच्च नेता मोजतबा खामेनीले आफ्ना सबै सैन्य इकाइलाई तत्कालका लागि आक्रमण रोक्न निर्देशन दिनुभएको छ । तर यो युद्धको अन्त्य दीर्घकालीन भने नभएको उहाँको भनाइ छ ।

 

आवश्यक परे प्रतिक्रिया दिन तयार रहन पनि भनिएको छ । इजरायले पनि युद्धविराममा सहमति जनाएको खबरहरू आइरहँदा पनि केही क्षेत्रमा आक्रमण र मिसाइल चेतावनी जारी गरेको छ । युद्धविराम स्ट्रेट अफ हर्मुज खोल्ने शर्तसँग जोडिएको छ भने पाकिस्तनको मध्यस्थतामा थप वार्ताको तयारी भइरहेको छ । 

 

यसैबीच, विश्व बजारमा कच्चा तेलको मूल्य घटेको छ भने शेयरको मूल्य बढेको छ, जसले अस्थायी रूपमा विश्व बजारमा राहतको संकेत गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आक्रमण रोक्ने निर्णयलाई स्वागत गर्नुभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

 

ट्रम्पले यो पर्याप्त नभएको भन्दै दीर्घकालीन समाधान आवश्यक रहेको बताउनु भएको छ । इरानले पूर्ण रूपमा सैन्य गतिविधि नरोके अमेरिका फेरि पनि कडा कदम चाल्न तयार रहेको उहाँको भनाइ छ । 

 

हर्मुज जलमार्ग खुला राख्नुपर्ने विषयमा कुनै सम्झौता नहुने संकेत ट्रम्पको छ । तर इरानले अहिलेसम्म यसबारे कुनै पनि प्रतिक्रिया दिएको छैन । आगामी वार्ताले नै मध्यपूर्वको भविष्य र स्थायी शान्ति दिशा तय गर्ने विज्ञहरूको भनाइ छ  ।

प्रतिकृया दिनुहोस

ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि यसै साता पुनः वार्ता सुरु गर्ने

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्य गर्न यसै साता पुनः वार्ता सुरु हुन सक्ने संकेत दिएका छन् । पाकिस्तानको

इरान र अमेरिकाबीचको शान्ति वार्ता निष्कर्षविहीन

एजेन्सी ।  अमेरिका र इरानबीच पाकिस्तानमा सम्पन्न उच्चस्तरीय शान्ति वार्ताबाट कुनै ठोस सहमति हुन नसकेको बीबीसीले जनाएको छ ।   पाकिस्तानको

अमेरिका र इसराइलको पछिल्लो गतिविधिले वार्ताको औचित्य सकियो : इरान

एजेन्सी । इरानले अमेरिका र इसराइलको पछिल्लो गतिविधिले वार्ताको औचित्य नरहने बताएको छ।   इरानका सभामुख मोहम्मद बाघेर गालिबाफले युद्धविराम