राष्ट्रिय सभामा आउँदो फागुन २० देखि रिक्त हुने पदका लागि मतदान हुदै
काठमाण्डौ – राष्ट्रिय सभामा आउँदो फागुन २० देखि रिक्त हुने पदका लागि आज मतदान भइरहेको छ ।
१९ पद रिक्त हुन लागेकोमा एक जना सदस्य निर्विरोध निर्वाचित भइसकेको र एक जना मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनयन हुने भएकाले बाँकी १७ पदका लागि अहिले बिहान ९ बजेदेखि मतदान शुरु भएको हो । सातवटै प्रदेशका मतदान केन्द्रमा मतदान शुरु भएको छ ।
कोशी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर विराटनगर मोरङ, मधेस प्रदेशको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र जनकपुर उपमहानगरपालिका–४ धनुषा, बागमती प्रदेशको भुटनदेवी माध्यमिक विद्यालय हेटौँडा उपमहानगरपालिका–४ मकवानपुरमा, गण्डकी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर पोखरा कास्की, लुम्बिनी प्रदेशको कर्मचारी मिलन केन्द्र घोराही दाङ, कर्णाली प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर वीरेन्द्रनगर सुर्खेत र सुदूरपश्चिम प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर धनगढी कैलालीमा मतदान केन्द्र रहेको छ ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार सबै ठाउँमा मतदान चलिरहेको छ । मतदान दिउँसो ३ बजेसम्म हुनेछ । मतदान सकिएलगत्तै गणना थाल्ने आयोगको तयारी छ ।
विभिन्न देशमा रहेका १५ जना अवैतनिक दूतलाई पदमुक्त सरकारको गर्ने
काठमाण्डाै – सरकारले विभिन्न देशमा रहेका १५ जना अवैतनिक दूतलाई पदमुक्त गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न देशमा रहेका
प्रधानमन्त्री शाहले आज समानुपातिक सांसदहरूसँग अन्तरक्रिया गर्ने
काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाहले संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका समानुपातिक सांसदहरूसँग आज अन्तरक्रिया गर्ने
उपसभामुखको चुनाव आज हुँदै, २६ वर्षीया रुबी ठाकुर निर्वाचित हुने निश्चित
काठमाण्डौ- प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज चुनाव हुँदैछ । संसद भवनमा दिउँसो ४ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा उपसभामुख चयनको प्रक्रिया
.jpeg)





प्रतिकृया दिनुहोस