• शुक्रबार ४-१५-२०८३/Friday 07-31-2026

आन्दोलनमा क्षतिग्रस्त सर्वोच्च अदालतले आजदेखि नियमित सुनुवाइ थाल्ने

काठमाण्डौ – गएको भदौ २४ गतेको आन्दोलनमा क्षतिग्रस्त सर्वोच्च अदालतले ३६ दिनपछि आजदेखि रिट निवेदन दर्ता थाल्ने भएको छ ।

 

आजदेखि रिट निवेदन दर्ता र केही रिटमा सुनुवाइ थाल्ने भएको हो । अस्ति आइतवार बसेको फुल कोर्ट (पूर्ण बैठक) ले रिट निवेदन दर्ता शुरू गर्ने निर्णय गरेको सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिनुभयो ।

 

जेन–जी आन्दोलनपछि सर्वोच्चले बन्दी प्रत्यक्षीकरणको निवेदन मात्र सुनुवाइ गर्दै आएको छ । रिट निवेदन, मुद्दा दर्ता र सुनुवाइजस्ता नियमित सेवा शुरू हुन सकेको थिएन । सर्वोच्चमा मात्रै २५ हजार थान मुद्दा सुनुवाइको पर्खाइमा छन् ।

 

सर्वोच्चमा दैनिक तीन/चार सय मुद्दा सुनुवाइ हुँदै आएको थियो । आगजनीमा सर्वोच्चको एक अर्ब २६ करोडको क्षति भएको मूल्याङ्कन अदालत प्रशासनले गरेको छ । 

प्रतिकृया दिनुहोस

विपिन जोशी जीवित रहेको प्रमाण फेला नपरेको औपचारिक जानकारी

काठमाण्डाै । प्यालेस्टिनी विद्रोही समूह हमासले बन्धक बनाएका इजरायली नागरिकहरू हस्तान्तरण शुरू गरेको छ । गाजा शान्ति सहमति र युद्धविरामपछि हमासले आज

हैजा प्रभावित पर्सा र बारामा हैजाविरुद्धको खोप अभियान सुरु

काठमाण्डौ । सरकारले हालै हैजा प्रभावित पर्सा र बारामा हैजाविरुद्धको खोप अभियान सुरु गर्ने भएको छ। एक वर्षमाथिका सबै व्यक्तिहरूलाई खोप दिइने

अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयद्वारा अन्तर्राष्ट्रिय टर्मिनल भवनमा दिँदै आएको भिजिटर पास वितरण बन्द

काठमाण्ठौ । नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले अन्तर्राष्ट्रिय टर्मिनल भवनमा दिँदै आएको भिजिटर पास