• बिहीबार ६-१-२०८३/Thursday 09-17-2026

वर्षात्वसँगै सुदूरपश्चिममा बढ्दै डेङ्गु सङ्क्रमण

काठमाण्डौ । सुदूरपश्चिम प्रदेशमा डेङ्गुको सङ्क्रमण बढ्दैगएको छ । वर्षात्वसँगै डेङ्गुको सङ्क्रमण बढ्न थालेको हो । प्रादेशिक स्वास्थ्य निर्देशनालयका अनुसार यो प्रदेशमा जनवरीदेखि हालसम्म १७१ जनालाई डेङ्गु सङ्क्रमण भइसकेको छ । जसमध्ये जुन महिनामा सबैभन्दा बढी ४६ जना डेङ्गुबाट ग्रसित भएका छन् ।

 

निर्देशनालयको बुलेटिनमा उल्लेख भएअनुसार यो प्रदेश सभा तराईभन्दा पहाडी क्षेत्रमा डेङ्गुको सङ्क्रमण बढ्दो रहेको देखिएको छ । डोटी र अछाममा डेङ्गु सङ्क्रमण तराईभन्दा पनि बढी रहेको जनाइएको छ । डोटीमा हालसम्म ४९, अछाममा ३९ जनालाई डेङ्गु सङ्क्रमण भइसकेको छ ।

 

कञ्चनपुरमा २६, दार्चुला र बाजुरामा १५–१५, कैलालीमा १२, डडेलधुरामा सात, बैतडी र बझाङमा चार–चार जनामा डेङ्गु सङ्क्रमण भएको जनाइएको छ । लामखुट्टेको टोकाइबाट लाग्ने यो रोगको सङ्क्रमण भएमा ज्वरो आउने, टाउको, मांसपेशी तथा जोर्नी दुख्ने, थकान लाग्ने लगायतका लक्षण देखिने गरेको जनाइएको छ । यो रोगबाट बच्न लामखुट्टेको टोकाइबाट बच्ने उपाय अपनाउन जरुरी रहेको निर्देशनालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

काठमाण्डौ । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ ।   हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना सडकखण्ड अवरुद्ध

काठमाडौँ महानगरपालिकाद्वारा नदीको दायाँबायाँ क्षेत्रमा भवन निर्माणका लागि लगाएको रोक्का फुकुवा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नदीको दायाँबायाँ क्षेत्रमा भवन निर्माणका लागि लगाएको रोक्का फुकुवा गरेको छ ।   बिहीबार सार्वजनिक सूचना

प्रदेशलाई बलियो बनाउनुपर्छ : बालेन्द्र शाह

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहले सङ्घीयतालाई बलियो बनाउन प्रदेश संरचनालाई बलियो