राष्ट्रिय एकताको प्रवर्द्धनमा भानुभक्तले विशिष्ट योगदान पुर्याउनुभएको छ : पूर्वराष्ट्रपति भण्डारी
काठमाण्डौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भानुभक्त आचार्यले भाषा र साहित्यका माध्यमबाट राष्ट्रिय एकताको प्रवर्द्धनका लागि पुर्याउनुभएको विशिष्ट योगदानको स्मरण गर्नुभएको छ।
आदिकवि भानुभक्त आचार्यको २११औँ जन्मजयन्तीका अवसरमा आज पूर्वराष्ट्रपति भण्डारीले सामाजिक सञ्जालमार्फत भानुभक्त आचार्यद्वारा नेपाली भाषामा अनुवाद गरिएको वाल्मिकी रामायणले विविध भूगोल, जातजाति, संस्कार र संस्कृति अँगालेका नेपालीबीच अपनत्वको भावना र साझा मनोविज्ञानको निर्माणमा महत्वपूर्ण योगदान पुर्याएको बताउनुभएको छ।
उहाँले आचार्यलेप्रति सम्मान प्रकट गर्ने विशेष दिनका रूपमा भानु जयन्तीलाई ग्रहण गर्नुपर्ने बताउनुभयो।
आज आदिकवि भानुभक्तको २१२औँ जन्मजयन्ती
काठमाडौँ। नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
मेयर बालेनको कवितासंग्रह ‘अश्र’ सार्वजनिक
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाह ९बालेन० ले जन्मदिनको अवसर पारेर कवितासंग्रह ‘अश्र’ सार्वजनिक गर्नुभएको छ। सामाजिक
२०७९ सालको जगदम्बा–श्री सम्मान मुखियालाई र मदन पुरस्कार ‘ऐँठन’ पुस्तकका लेखक ओझालाई प्रदान
काठमाण्डौ । मदन पुरस्कार गुठीले २०७९ सालको जगदम्बा–श्री सम्मान र मदन पुरस्कार प्रदान गरेको छ । आज (सोमबार) पाटनमा आयोजित एक विशेष समारोहमा
.jpeg)





प्रतिकृया दिनुहोस