• सोमबार १-१७-२०८१/Monday 04-29-2024

सरकारले आम सञ्चार क्षेत्रको पुनःसंरचना गर्न खोजिरहेको छ : सञ्चारमन्त्री शर्मा

काठमाण्डौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले आम सञ्चार क्षेत्रको पुनः संरचना गर्न खोजिरहेको बताउनुभएको छ । आज (बुधबार) नेपाल टेलिभिजनको ३९ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री शर्माले यस्तो बताउनुभएको हो । 

 

आम सञ्चार क्षेत्रको पुनः संरचनालाई ध्यानमा राखेर नीतिगत तथा कानुनी व्यवस्थाका बारेमा सुझाव दिन आमसञ्चार क्षेत्र सुधार सुझाव समिति गठन गरी सो समितिको प्रतिवेदनलाई मुख्य आधार बनाइ नेपाल मिडिया काउन्सिल विधेयक र आम सञ्चार विधेयक तयार गरिएको जानकारी दिनुभयो । आम सञ्चार नीति, २०७३ र सङ्घीय संरचना तथा अभ्यासबाट विकसित परिवेशअनुसार प्रदेश र स्थानीय तहलाई पनि बलियो बनाउने गरी आमसञ्चारको क्षेत्रमा नीति र कानुन निर्माणमा जोड दिएको पनि मन्त्री शर्माले बताउनु भयो ।

 

उहाँले सरकारी सञ्चारमाध्यमहरु सरकारी सूचना प्रसारण गर्ने एकोहोरो प्रशारक मात्र नभएको भन्दै सबै कार्यलाई जनताको बिचमा लैजाने र जनताको आवाज र गुनासो, अपेक्षासम्मलाई राज्य समक्ष पु¥याउने माध्यम भएको जिकिर गर्नुभयो । 

 

मन्त्री शर्माले सूचना प्रविधिको विकास र आम दर्शकको बदलिँदो शैलीलाई ध्यान दिएर हातहातमै टेलिभिजन हेर्ने व्यवस्था नगर्ने हो भने अब टेलिभिजनको पहुँच विस्तार गर्न कठिन रहेको बताउनुभयो । उहाँले नेपाल टेलिभिजनले डिजिटलाइजेशनलाई अझै बढाउन आवश्यक रहेको जिकिर गर्नुभयो । मुलुकको अधिकतम क्षेत्रका जनतासमक्ष सेवा पुर्‍याउन उपयुक्त र सुलभ प्रविधिको प्रयोगमा पनि ध्यान दिन जरुरी रहेको बताउनुभयो ।

प्रतिकृया दिनुहोस

नेपालमा प्रयोगमा रहेका सामाजिक सञ्जालहरूलाई सूचीकृत गर्न शुरु

काठमाण्डौ ।  सरकारले नेपालमा प्रयोगमा रहेका सामाजिक सञ्जालहरूलाई सूचीकृत गर्ने काम थालेको छ । भाइबर दर्ता भैसकेको छ भने लिंक्डईन र स्न्यापच्याट

सूचना प्रविधिको क्षेत्रलाई विकास गर्न सरकार सकारात्मक छ : सञ्चारमन्त्री शर्मा

काठमाण्डौ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले आउँदो लगानी सम्मेलनमा प्रस्तुत गर्ने सूचना प्रविधि क्षेत्रका परियोजना तयारी गर्न निजी

दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदका लागि आवेदन माग

काठमाण्डौ । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदका लागि आवेदन माग भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज सूचना प्रकाशित गरेर सात