• सोमबार १-१७-२०८१/Monday 04-29-2024

तीन स्रष्टा, त्रिमूर्ति पुरस्कारबाट पुरस्कृत

काठमाण्डौ । त्रिमूर्ति निकेतनले ‘लेखनाथ काव्य पुरस्कार’,‘बालकृष्ण सम पुरस्कार’ र ‘देवकोटा काव्य पुरस्कार’बाट तीन स्रष्टालाई पुरस्कृत गरेको छ ।

 

सत्रौँ त्रिमूर्ति दिवस तथा नाट्य सम्राट बालकृष्ण समको १२२ औँ जयन्तीका अवसरमा निकेतनले नेपाली भाषा साहित्यमा समर्पित भई शास्त्रीय छन्द कविताको माध्यमबाट छन्दकाव्य प्रसार, नाट्यक्षेत्रमा समर्पित भई मुलुकमा नाटकको महिमा र गरिमालाई उत्कृष्टतामा पुर्याएको र काव्यसाधनामा निरन्तर समर्पित रही नेपाली कविता विकासमा विशिष्ट योगदान पुर्याउने तीन स्रष्टालाई ताम्रपत्र, जनही एक लाख नगद राशीसहित पुरस्कृत गरेको हो । 

 

छ दशकदेखि नेपाली भाषासाहित्यको योगदानमा समर्पित रहँदै शास्त्रीय छन्दकविताको रचना एवम् छन्दकाव्यको प्रचार अभियानमा समेत संलग्न भई विशिष्ट योगदान पुर्याउनुभएका प्रा.मुकुन्दशरण उपाध्यायलाई लेखनाथ काव्य पुरस्कार २०७९ प्रदान गरिएको छ । मालती मङ्गले नाटकमा मङ्गलेको सफल भूमिकाका अतिरिक्त दर्जनौँ नाटकमा उत्कृष्ट अभिनय गरेर जनप्रियता हाँसिल गर्नुभएका हरिबहादुर थापालाई बालकृष्ण सम पुरस्कार, २०७९ प्रदान गरिएको छ ।

 

त्यसै गरी नेपाली भाषा साहित्यको विकासमा छ दशकअघिदेखि काव्यसाधनामा निरन्तर समर्पित रहँदै नेपाली कविताको संवद्र्धनमा विशिष्ट योगदान गर्नुका साथै महाकवि लक्ष्मीप्रसाद देवकोटाका अप्रकाशित कृतिको सम्पादनसमेत गरी प्रकाशनमा ल्याउनुभएको जयप्रसाद पाण्डेलाई देवकोटा काव्य पुरस्कार, २०७९ प्रदान गरिएको छ ।

 

निकेतनका संस्थापक तथा सदस्यसचिव नरेन्द्रराज प्रसाईले तीन मूर्ति बनाउन ठूलो बाधा व्यवधान भएपनि हाल कोष स्थापना भई संस्था सुदृढ अवस्थामा रहेको बताउनुभयो । त्रिमुर्तिका पुरस्कार राशि सुरुमा १०–१० हजार रहेपनि अहिले एक लाख बनाइएको उहाँले जनाउनुभयो । लेखनाथ काव्य पुरस्कार, २०७९ बाट पुरस्कृत प्रा.मुकुन्दशरण उपाध्यायले सम्पूर्ण प्रकाशनले नेपाली भाषाको विकासमा संकल्प गर्न जरुरी रहेको बताउँदै विशेषगरी त्रिभुवन विश्वविद्यालय र नेपाल प्रज्ञा प्रतिष्ठानले नेपाली भाषाको जगेर्नामा उन्मुख हुन आवश्यक रहेको बताउनुभयो । 

 

नेपाली भाषाप्रतिको संरक्षण तथा सम्मानको वातावरण अनुकूल बनाउन आवश्यक रहेको उहाँको भनाइ छ । निकेतनका अध्यक्ष इन्दिरा प्रसाईले विभिन्न व्यक्तित्वको योगदानले संस्था सुदृढीकरणमा महत्वपूर्ण भूमिका पुगेको उल्लेख गर्नुभयो । यस निकेतनले हरेक वर्ष त्रिमूर्ति दिवसका अवसरमा लेखनाथ पौड्याल पुरस्कार, बालकृष्ण सम पुरस्कार र देवकोटा काव्य पुरस्कार विभिन्न स्रष्टाहरुमा समर्पण गर्दै आएको छ । नेपाली भाषासाहित्यका विभूतित्रय कविशिरोमणि लेखनाथ पौडयाल, नाटयसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटाको सम्मानमा त्रिमूर्ति निकेतनको स्थापना भएको हो । रासस 

प्रतिकृया दिनुहोस

कथाकार परशु प्रधानको निधन ।।

काठमाण्डौ । कथाकार परशु प्रधानको ८० वर्षको उमेरमा निधन भएको छ । उहाँको हिजो राती आफ्नै निवासमा निधन भएको उहाँका छोरा प्रतीक प्रधानले राससलाई जानकारी

गायक भक्तराज आचार्यको निधन

काठमाण्डौ । गायक भक्तराज आचार्यको निधन भएको छ।   उहाँको सोमबार निधन भएको संगीतकार हरि लम्सालले बताउनु भयो। उहाँका अनुसार आचार्यलाई

सदावहार गायक एवम् वरिष्ठ सङ्गीतकार वैद्यको निधन

काठमाण्डौ । सदावहार गायक एवम् वरिष्ठ सङ्गीतकार योगेश वैद्यको निधन भएको छ । गएराती साढे १२ बजे काठमाण्डौ भ्याली अस्पतालमा उहाँको निधन भएको हो ।   ७७