• सोमबार १-१७-२०८१/Monday 04-29-2024

सदावहार गायक एवम् वरिष्ठ सङ्गीतकार वैद्यको निधन

काठमाण्डौ । सदावहार गायक एवम् वरिष्ठ सङ्गीतकार योगेश वैद्यको निधन भएको छ । गएराती साढे १२ बजे काठमाण्डौ भ्याली अस्पतालमा उहाँको निधन भएको हो ।

 

७७ वर्षीय वैद्य लामो समयदेखि मधुमेह रोगबाट ग्रस्त हुनुहुन्थ्यो । हिजो दिउँसो उहाँलाई केही असहज महसुस भएपछि बेलुकी अस्पताल लगिएको थियो ।

 

गएको माघ १ गते मात्रै उहाँलाई गंकी धुस्वां–वसुन्धरा प्रतिष्ठानद्वारा ‘धुस्वां सायमी सिर्जना पुरस्कार’ प्रदान गरिएको थियो । उहाँका नेपाली र नेपालभाषामा थुप्रै लोकप्रिय गीतहरू छन् । उहाँका ‘सपना भुलाइ सारा आँशु लिएर जाऊ‘’, ‘मेरो आँशुमा नहाँसे‘.’, ‘नेपाल मेरो उपहार भो‘’ लगायतका गीतहरू लोकप्रिय छन् ।

 

त्यस्तै, नेपालभाषाय् ‘जय नमो सिरि बुद्ध भगवान‘’, ‘जिमि यःम्ह थौं जिथाय् वइ‘.’ आदि अत्यन्त लोकप्रिय छन् । उहाँको अन्तिम संस्कार आज पशुपति आर्यघाटमा गरिने उहाँका परिवारले जानकारी दिएको छ ।
 

प्रतिकृया दिनुहोस

कथाकार परशु प्रधानको निधन ।।

काठमाण्डौ । कथाकार परशु प्रधानको ८० वर्षको उमेरमा निधन भएको छ । उहाँको हिजो राती आफ्नै निवासमा निधन भएको उहाँका छोरा प्रतीक प्रधानले राससलाई जानकारी

गायक भक्तराज आचार्यको निधन

काठमाण्डौ । गायक भक्तराज आचार्यको निधन भएको छ।   उहाँको सोमबार निधन भएको संगीतकार हरि लम्सालले बताउनु भयो। उहाँका अनुसार आचार्यलाई

तीन स्रष्टा, त्रिमूर्ति पुरस्कारबाट पुरस्कृत

काठमाण्डौ । त्रिमूर्ति निकेतनले ‘लेखनाथ काव्य पुरस्कार’,‘बालकृष्ण सम पुरस्कार’ र ‘देवकोटा काव्य पुरस्कार’बाट तीन स्रष्टालाई पुरस्कृत