• बुधबार २-२-२०८१/Wednesday 05-15-2024

सामाजिक सञ्जालमार्फत औषधी बिक्री नगर्न विभागको निर्देशन

काठमाण्डौ । औषधि व्यवस्था विभागले अनलाइन फार्मेसी सञ्चालन नगर्न निर्देशन दिएको छ । विभागका महानिर्देशक नारायणप्रसाद ढकालले अनलाइन फार्मेसीबाट औषधिको झुटा तथा भ्रामक प्रचार गरी बिक्री वितरण गर्ने गरिएको पाइएकाले अनलाइन फार्मेसी बन्द गर्न निर्देशन दिएको बताउनुभयो ।

 

अहिलेसम्म विभागमा अनलाइन फार्मेसीको स्वीकृत नलिएको र सामाजिक सञ्जालको प्रयोग गरी अनलाइन फार्मेसीका नाममा विभिन्न छुट उल्लेख गरी औषधि गैरकानुनी रुपमा बिक्री वितरण गरिएको महानिर्देशक ढकालले बताउनुभयो । अनलाइन फार्मेसीका नाममा औषधिको भ्रामक प्रचार गरी छुटलगायत प्रलोभन देखाई बिक्री वितरण गरिएको उहाँले बताउनुभयो ।

 

औषधि ऐन, २०३५ को दफा १९ बमोजिम औषधिको झुट्टा तथा भ्रामक प्रचार गर्न नहुने कानुनी व्यवस्था छ । ‘सामाजिक सञ्जाल वा पत्रपत्रिकामा औषधिको विज्ञापन गर्नुपूर्व औषधि ऐनको दफा १९ बमोजिम यस विभागबाट पूर्वअनुमति लिनुपर्ने स्पष्ट कानुनी व्यवस्था छ,’ महानिर्देशक ढकालले भन्नुभयो ।

 

अनलाइन फार्मेसीबाट बिक्री वितरण गरेका औषधिको सुरक्षितता, गुणस्तरीयता र प्रभावकारिताका सम्बन्धमा उपभोक्ता आफैँ जिम्मेवार हुनुपर्ने र अनलाइन फार्मेसीबाट औषधि खरिद गरी सेवन नगर्न÷नगराउन सबैमा विभागले अनुरोध गरेको छ । अनलाइन फार्मेसी सञ्चालन गरेको पाइएमा कानुनअनुसार कारबाही गरिने विभागले जनाएको छ ।

प्रतिकृया दिनुहोस

नर्सहरूको सेवा–सुविधामा एकरूपता ल्याउन सरकारले सकारात्मक पहल गर्छ  प्रधानमन्त्री प्रचण्ड 

काठमाण्डौ । प्रधानन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नर्सहरूको सेवा–सुविधामा एकरूपता ल्याउन सरकारले सकारात्मक पहल गर्ने बताउनुभएको छ

सरकारले १० जिल्लाका गर्भवती र सुत्केरीलाई ‘एमएमएस

काठमाण्डौ । सरकारले अब गर्भवती र सुत्केरीलाई बहुसूक्ष्म पोषण तत्व मल्टिपल माइक्रोन्युट्रियन्ट सप्लिमेन्टेसन–एम एम एस उपलब्ध गराउने भएको छ ।

बाँकेमा बालबालिकालाई नियमित दिइने खोप डीपीटी र पोलियोको अभाव

काठमाण्डौ । बाँकेको बैजनाथ गाउँपालिमा एक वर्षभित्रका बालबालिकालाई नियमित दिइने डीपीटी खोप र पोलियोको अभाव भएको छ । बालबालिकालाई नियमितरुपमा