• बुधबार २-२-२०८१/Wednesday 05-15-2024

राष्ट्रियसभाले तीनै तहका सरकारलाई जोडेको छ : अध्यक्ष नारायणप्रसाद दाहाल

काठमाण्डौ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले तीनै तहका सरकारलाई जोड्ने काम राष्ट्रियसभाको भएको बताउनुभएको छ । अध्यक्ष दाहालले आज चितवनमा पत्रकारहरुमाझ बोल्दै राष्ट्रियसभाले स्थानीय तह र प्रदेशसभाको सेतुको रुपमा काम गर्ने बताउनुभयो ।

 

राष्ट्रियसभामा प्रदेश र स्थानीय तहका भावना, समस्या, जटिलता र सम्भावनाका विषयवस्तु बनाएर छलफल गर्न सुरु गरिसकिएको र त्यहाँ छलफल भएका विषयवस्तु प्रतिनिधिसभा हुँदै सरकारसम्म पुग्ने अध्यक्ष दाहालले बताउनुभयो । हरेक महिनाको अन्तिम साता सातै प्रदेशका समस्या र समस्या समाधानका विषयमा राष्ट्रियसभामा छलफल सुरु गरिएको अध्यक्ष दाहालको भनाइ छ । 

 

राष्ट्रियसभाको महत्व धेरैले बुझ्न नसकेको बताउँदै यसको महत्व स्थापित गर्न आफू लागि पर्ने अध्यक्ष दाहालले बताउनुभयो । राष्ट्रियसभामा अधिकांश विधयेक सर्वसम्मत पारित हुने गरेको भन्दै उहाँले विगत ६ वर्षको अवधिमा राष्ट्रियसभामा चार विधेयक उत्पत्ति भएको उल्लेख गर्दै ती सबै सर्वसम्मत रुपमा पारित गरी पठाएको बताउनुभयो ।

 

राष्ट्रियसभामा राजनीतिकभन्दा पनि आवश्यकताका आधारमा छलफल हुने गरेको र राष्ट्रियसभाले राष्ट्रिय महत्व र सार्वजनिक महत्वका विषयलाई प्राथमिकता दिने गरेको अध्यक्ष दाहालले बताउनुभयो ।

प्रतिकृया दिनुहोस

मधेश सरकारबाट बाहिरियो माओवादी, अल्पमतमा सरकार

काठमाण्डौ । नेकपा माओवादी केन्द्रले मधेश प्रदेशको सरकार छोडेको छ । माओवादी केन्द्रका दुई मन्त्रीले मधेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई

जमुनाहा नाका तीन दिनका लागि बन्द

बाँकेको नेपाल–भारत जमुनाहा नाका तीन दिनका लागि बन्द भएको छ । भारतको उत्तर प्रदेशको बहराइच जिल्लामा आउँदो (सोमबार) हुने लोकसभा निर्वाचनका लागि

सर्लाही : पूर्व–पश्चिम रेलमार्ग निर्माणको काम ९० प्रतिशत सकियो

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माणको काम सर्लाहीमा मात्र ९० प्रतिशत सकिएको छ । यस खण्डअन्तर्गत