समाजवाद प्राप्त गरेर मात्रै देशमा शान्ति र समृद्धि ल्याउन सकिन्छ : नेता खनाल
काठमाण्डौ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले समाजवादमा पुगेर मात्रै देशलाई समृद्ध बनाउन सकिने बताउनुभएको छ ।
आइतबार अनेरास्ववियु त्रिचन्द्र क्याम्पस कमिटीको आयोजनामा भएको वृहत होली मिलन कार्यक्रमलाई संक्षिप्त सम्बोधन गर्दै उहाँले समाजवाद प्राप्त गरेर मात्रै देशमा शान्ति र समृद्धि ल्याउन सकिने बताउनुभएको हो । उहाँले देशको विकास गर्न र विकृति, बिसंगतिहरुलाई अन्त्य गर्न समाजवाद आवश्यक भएको बताउनुभयो ।
सम्मानित नेता खनालले समाजवादको भविष्यमा पुगेर मात्रै देशलाई समृद्ध देशको रुपमा रुपान्तरण गर्न सकिने बताउनुभयो । खनालले सुखी नेपाली समृद्ध नेपालको सपना समाजवाद अघि पूरा हुन नसक्ने बताउनुभयो । उहाँले देशभित्रै शोषण, दमन र अत्याचार गर्ने दलाल पुँजीवादी शक्तिहरुका बिरुद्ध पनि आम जनतालाई एकतावद्ध बनाएर लैजानुपर्ने बताउनुभयो साथै उहाँले विद्यार्थीहरुलाई राज्यको उपल्लो निकायसम्म पुग्न शुभकामना दिँदै भ्रष्टाचारी भने कहिल्यै नबन्न अनुरोध गर्नुभयो ।
यो हप्ताभित्र सरकार विस्तार हुन्छ ः मुख्यमन्त्री कार्की
काठमाण्डौ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले यसै हप्तामा सरकार विस्तार हुने बताउनुभएको छ । सोमबार कोशी प्रदेश सभाको बैठकमा विश्वासको
संघीय संसदको संयुक्त बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
काठमाण्डौ । मंगलबार साँझ ६ बजे संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने भएको छ ।
नर्सहरूको सेवा–सुविधामा एकरूपता ल्याउन सरकारले सकारात्मक पहल गर्छ प्रधानमन्त्री प्रचण्ड
काठमाण्डौ । प्रधानन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नर्सहरूको सेवा–सुविधामा एकरूपता ल्याउन सरकारले सकारात्मक पहल गर्ने बताउनुभएको छ
प्रतिकृया दिनुहोस