• बुधबार २-२-२०८१/Wednesday 05-15-2024

उच्च मनोबलका साथ काम गर्न महानगर प्रमुख शाहको निर्देशन

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका प्रमुख बालेन शाहले विभागीय प्रमुखहरूलाई विश्वास कायम राखेर उच्च मनोबलका साथ काम गर्न आग्रह गर्नुभएको छ । 


आज (आइतबार) काठमाण्डौमा आयोजित छलफल कार्यक्रममा चालु आर्थिक वर्षको ६ महिनामा प्राप्त भएका उपलब्धि, विभिन्न समस्या र लक्ष्य प्राप्त गर्न अवलम्बन गरिएका उपायका विषयमा उहाँले सेवा प्रवाहलाई अझ चुस्त बनाएर कार्य सम्पादन गर्न सबै विभागीय प्रमुखहरूलाई निर्देशन दिनुभयो । 

 

लक्ष्य प्राप्त गर्न कर्मचारीको सक्रियता आवश्यक रहेको बताउँदै प्रमुख शाहले भ्रमण, गोष्ठी र कार्यशाला घटाउन र वार्षिक लक्ष्य पूरा गराउन सक्रिय हुन निर्देशन दिनुभयो । बैठकमा उपप्रमुख सुनिता डङ्गोल, प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार, सहरी योजना आयोगका उपाध्यक्ष डा सुमननरसिंह राजभण्डारी सहभागी हुनुहुन्भयो ।
 

प्रतिकृया दिनुहोस

मधेश सरकारबाट बाहिरियो माओवादी, अल्पमतमा सरकार

काठमाण्डौ । नेकपा माओवादी केन्द्रले मधेश प्रदेशको सरकार छोडेको छ । माओवादी केन्द्रका दुई मन्त्रीले मधेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई

जमुनाहा नाका तीन दिनका लागि बन्द

बाँकेको नेपाल–भारत जमुनाहा नाका तीन दिनका लागि बन्द भएको छ । भारतको उत्तर प्रदेशको बहराइच जिल्लामा आउँदो (सोमबार) हुने लोकसभा निर्वाचनका लागि

सर्लाही : पूर्व–पश्चिम रेलमार्ग निर्माणको काम ९० प्रतिशत सकियो

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माणको काम सर्लाहीमा मात्र ९० प्रतिशत सकिएको छ । यस खण्डअन्तर्गत