• बिहीबार २-३-२०८१/Thursday 05-16-2024

दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदका लागि आवेदन माग

काठमाण्डौ । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदका लागि आवेदन माग भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज सूचना प्रकाशित गरेर सात दिनभित्र आवेदन दिन भनेको छ । ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेकोका तथा कम्तीमा स्नातक तह उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा दस वर्षको अनुभव भएकोले आवेदन दिन सक्नेछन् ।

 

तर, सरकारी सेवा वा सार्वजनिक संस्थान, प्राधिकरण बोर्ड, समिति, आयोग, प्रतिष्ठान वा सार्वजनिक कम्पनीको कर्मचारीको हकमा सम्बन्धित विषयमा स्नातक गरी राजपत्राङ्कित प्रथम श्रेणी, दसौँ तह वा त्योभन्दा माथिल्लो पदमा काम गरेको अनुभव प्राप्त गरेका व्यक्तिले आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।

 

यसअघि एमडीएमएस र टेरामक्सलगायतका प्रणाली खरिदमा अनियमितता भएको प्रश्न उठेपछि पुरूषोत्तम खनालले अध्यक्ष पदबाट राजीनामा दिएपछि प्राधिकरणमा नवराज अधिकारीलाई कार्यवाहक तोकिएको छ ।

प्रतिकृया दिनुहोस

नेपालमा प्रयोगमा रहेका सामाजिक सञ्जालहरूलाई सूचीकृत गर्न शुरु

काठमाण्डौ ।  सरकारले नेपालमा प्रयोगमा रहेका सामाजिक सञ्जालहरूलाई सूचीकृत गर्ने काम थालेको छ । भाइबर दर्ता भैसकेको छ भने लिंक्डईन र स्न्यापच्याट

सूचना प्रविधिको क्षेत्रलाई विकास गर्न सरकार सकारात्मक छ : सञ्चारमन्त्री शर्मा

काठमाण्डौ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले आउँदो लगानी सम्मेलनमा प्रस्तुत गर्ने सूचना प्रविधि क्षेत्रका परियोजना तयारी गर्न निजी

सरकारले आम सञ्चार क्षेत्रको पुनःसंरचना गर्न खोजिरहेको छ : सञ्चारमन्त्री शर्मा

काठमाण्डौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले आम सञ्चार क्षेत्रको पुनः संरचना गर्न खोजिरहेको बताउनुभएको छ । आज (बुधबार) नेपाल