• मंगलबार २-१-२०८१/Tuesday 05-14-2024

धेरै रेमिट्यान्स भित्र्याउने बैंकका रूपमा ग्लोबल आइएमई सम्मानित

काठमाडौं । नेपाल राष्ट्रबैकले  ग्लोबल आइएमई बैंक लिमिटेडलाई शुक्रबार सम्मानित गरेको छ । नेपाल राष्ट्र बैंकको ६९औँ वार्षिकोत्सवको अवसरमा  सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंक तथा वित्तीयसंस्थाका रूपमा ग्लोबललाई सम्मानित गरेको हो । यस बैंकले  आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा धेरै रेमिट्यान्स २१ दशमलव १ प्रतिशत रेमिट्यान्स भित्र्याउन सफल भएको हो । 

 

नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालय बालुवाटारमा शुक्रबार आयोजित विशेष समारोहमा गभर्नर महाप्रसाद अधिकारीले ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यलाई प्रशंसा पत्र प्रदान गर्नुभएको छ ।

 

विप्रेषण आप्रवाहले मुलुकको समष्टिगत आर्थिक स्थायित्व, सामाजिक आर्थिक सुधारलगायत बाह्य क्षेत्र सन्तुलन समेतमा योगदान पुर्‌याएकोले प्रशंसापत्र प्रदान गरिएको राष्ट्र बैंकले उल्लेख गरेको छ ।

नेपाल राष्ट्र बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंक तथा वित्तीय संस्थाहरुलाई सम्मानित गर्दै आएको छ ।

 

ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्र रहेका छन ।

 

ग्लोबल आइएमई बैंक, सबैका लागि बैंकिङ्ग सेवा प्रदान गर्ने बैंक हो जसले विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई, उत्कृष्ट सेवा प्रदान गरी लावान्भित गरिरहेको छ ।

 

बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्‌याउँदै आइरहेको छ ।

प्रतिकृया दिनुहोस

सुनको भाउमा पाँच सय रुपैयाँको वृद्धि ।।

काठमाण्डौ । सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले बढेको छ । यसअघि शुक्रबार एक लाख ३७ हजार नौ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आजका लागि एक लाख ३८ हजार

नेपाल अतिकम विकसित देशबाट स्तरोन्नति हुँदा निर्यातमा चार दशमलव तीन प्रतिशतले गिरावट आउनसक्ने अनुमान 

काठमाण्डौ । नेपाल सन् २०२६ मा अतिकम विकसित देशबाट स्तरोन्नति हुँदा विभिन्न क्षेत्रमा पर्न सक्ने सम्भावित असर र त्यसको न्यूनीकरणका लागि अवलम्बन

सहकारी संघसंस्थाहरु बेलगाम घोडा जस्तै आफू अनुकूल चलेकाले समस्या आयो : कार्यकारी निर्देशक नेपाल

काठमाण्डौ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले सहकारी संघसंस्थाहरु बेलगाम घोडा जस्तै आफू अनुकूल चलेकाले समस्या आएको