• बुधबार २-२-२०८१/Wednesday 05-15-2024

बझाङ उपनिर्वाचन : ४३ प्रतिशत मत खस्यो

काठमाण्डौ । बझाङ –१ क मा पनि प्रदेश सभा सदस्यका लागि मतदान भई रहेको छ ।

 

निर्धारित समय ७ बजेदेखि नै मतदान गर्न मतदाता मतदान केन्द्रमा पुगेको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिनुभयो ।

 

अहिलेसम्म ४३ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय बझाङले जनाएको छ । जिल्ला निर्वाचन कार्यालयले भौगोलिक विकटताका कारण मतदानमा केही ढिलाइ भएको जनाएको छ । प्रदेश सभा निर्वाचन क्षेत्र–१ ९क० का ७४ वटै मतदान स्थल र ९४ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भईरहेको पनि मुख्य निर्वाचन अधिकृत लामिछानेले बताउनुभयो ।

 

शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली खटिएको छ । चुनावमा ६१ हजार सात सय ४८ मतदाताले भोट हाल्ने अनुमान गरिएको छ । बझाङमा १२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

प्रतिकृया दिनुहोस

मधेश सरकारबाट बाहिरियो माओवादी, अल्पमतमा सरकार

काठमाण्डौ । नेकपा माओवादी केन्द्रले मधेश प्रदेशको सरकार छोडेको छ । माओवादी केन्द्रका दुई मन्त्रीले मधेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई

जमुनाहा नाका तीन दिनका लागि बन्द

बाँकेको नेपाल–भारत जमुनाहा नाका तीन दिनका लागि बन्द भएको छ । भारतको उत्तर प्रदेशको बहराइच जिल्लामा आउँदो (सोमबार) हुने लोकसभा निर्वाचनका लागि

सर्लाही : पूर्व–पश्चिम रेलमार्ग निर्माणको काम ९० प्रतिशत सकियो

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माणको काम सर्लाहीमा मात्र ९० प्रतिशत सकिएको छ । यस खण्डअन्तर्गत