• मंगलबार २-१-२०८१/Tuesday 05-14-2024

राेहित पाैडेलकाे शतकमा नेपालले वेस्ट इन्डिज 'ए' लाई ४ विकेटले हरायाे

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगकाे पाँच खेलकाे टी–२० क्रिकेट शृङ्खलामा नेपालले विजयी शुरुवात गरेकाे छ । आज भएकाे खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई ४ विकेटले हरायाे ।

 

वेस्ट इन्डिज ‘ए’ ले दिएकाे २ सय ५ रनकाे लक्ष्य नेपालले १९ ओभर ४ बलमा ६ विकेट गुमाएर भेटायाे । नेपालका कप्तान राेहितकुमार पाैडेलले शतक बनाए । राेहित ५४ बलमा १ सय १२ रन बनाएर आउट भए ।

 

यसअघि कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेकाे वेस्ट इन्डिज ‘ए’ ले २० ओभरमा ५ विकेट गुमाएर २ सय ४ रन बनायाे । वेस्ट इन्डिज ‘ए’ का कप्तान राेस्टन चेजले सबैभन्दा धेरै ७४ रन बनाए । यस्तै एलिक अथान्थीले ४७ रन बनाए । नेपालका कमलसिंह ऐरी, दीपेन्द्रसिंह ऐरी, कप्तान राेहितकुमार पाैडेल र अबिनाश बाेहराले समान १ विकेट लिए ।

 

टी–२० क्रिकेट शृङ्खलाकाे दोस्रो खेल भाेलि आइतवार, तेस्रो खेल बुधवार, चौथो खेल बिहीवार र पाँचौँ तथा अन्तिम खेल शनिवार हुनेछ । सबै खेल कीर्तिपुरमै हुनेछ ।

 

नेपालले आईसीसी टी–२० विश्वकपको तयारी स्वरूप वेस्ट इन्डिज ‘ए’ सँग पाँच खेलको शृङ्खला खेल्न लागेको हो । यो शृङ्खलापछि नेपाली टोली टी–२० विश्वकप खेल्न अमेरिका जानेछ । वेस्ट इन्डिज पहिलो पटक नेपाल भ्रमणमा आएको हो ।

प्रतिकृया दिनुहोस

ललितपुर मेयर्सकप टी–२० क्रिकेटमा ललितपुर मेयर्स–११ को विजयी सुरुवात

काठमाणडौ । आयोजक ललितपुर मेयर्स–११ ले ललितपुर मेयर्सकप टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।   त्रिवि क्रिकेट मैदान

रङ्गशालाको निरीक्षणपछि विभिन्न पक्षमा प्रश्न, विश्वकप छनोट खेल हुनेमा शङ्का

काठमाडौ । एएफसीले दशरथ रङ्गशालालाई अन्तर्राष्ट्रिय मान्यता नदिएपछि अर्को महिना यसै मैदानमा विश्वकप छनोट अन्तर्गत नेपालले युएईविरुद्ध खेल्ने खेल

मैत्रीपूर्ण फुटबलमा आज राति नेपाल र इङ्ग्ल्यान्ड 'सी' खेल्दै

काठमाण्डाै ।  नेपाली राष्ट्रिय फुटबल टोली र इङ्ग्ल्यान्डको ‘सी’ टोलीबीचको दोस्रो तथा अन्तिम मैत्रीपूर्ण फुटबल आज राति हुँदैछ । यो खेल नेपाली