• मंगलबार २-१-२०८१/Tuesday 05-14-2024

सरकारको स्थायित्वबारे चलाइएका हल्लाका पछि नलाग्न विष्णु पौडेलको आग्रह

काठमाण्डौ । प्रमुख सत्ताघटक एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले वर्तमान पुष्पकमल दाहाल प्रचण्ड नेतृवको सरकारको स्थायित्वबारे राजनीतिक बजारमा चलाइएका हल्लाका पछि नलाग्न आग्रह गरेका छन् ।

 

अर्थमन्त्री वर्षमान पुनले बुधबार साँझ आगामी आर्थिक वर्ष २०८१र२०८२ को बजेट निर्माणबारे पूर्वअर्थमन्त्रीहरुसँग सुझाव लिन पौडेलसँगै ७ पूर्वअर्थमन्त्रीलाई बानेश्वरस्थित एक होटलमा भेला गराउनुभएको थियो । अर्थमन्त्री पुनलाई कार्यान्वयन हुने खालको सानो आकारको बजेट ल्याउन भनेका पौडेलले राजनीतिक अस्थिरता चाहनेहरुले फैलाएको हल्ला निराधार रहेको बताउनुभयो।

 

उहाँले हल्लाहरुको बेवास्ता गर्दै बजेट निर्माणमा लाग्न अर्थमन्त्रीलाई सुझाव दिनुभयो । पौडेलले संसदमा कुनै दलको एकल बहुमत नहरेको भन्दै कसैले चाहँदैमा सरकार नढल्ने बताउनुभयो । बजेट निर्माण गर्दै गरेको अर्थमन्त्रीलाई अस्थिरताको त्रास देखाएर तर्साउन खोज्ने विगतदेखिकै प्रवृत्ति भएको पौडेलले स्मरण गर्नुभयो ।

प्रतिकृया दिनुहोस

यो हप्ताभित्र सरकार विस्तार हुन्छ : मुख्यमन्त्री कार्की

काठमाण्डौ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले यसै हप्तामा सरकार विस्तार हुने बताउनुभएको छ ।   सोमबार कोशी प्रदेश सभाको बैठकमा विश्वासको

संघीय संसदको संयुक्त बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाण्डौ । मंगलबार साँझ ६ बजे संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने भएको छ ।

नर्सहरूको सेवा–सुविधामा एकरूपता ल्याउन सरकारले सकारात्मक पहल गर्छ  प्रधानमन्त्री प्रचण्ड 

काठमाण्डौ । प्रधानन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नर्सहरूको सेवा–सुविधामा एकरूपता ल्याउन सरकारले सकारात्मक पहल गर्ने बताउनुभएको छ