• मंगलबार २-१-२०८१/Tuesday 05-14-2024

अमेरिकामा टिकटकलाई प्रतिबन्ध लगाउन सक्ने विधेयक सिनेटबाट पारित

एजेन्सी । अमेरिकाको सिनेटले टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउन सक्ने विवादास्पद विधेयक अनुमोदन गरेको छ ।


विधेयकले टिकटकको स्वामित्व भएको चिनियाँ कम्पनी बाइटड्यान्सलाई नौ महिनाभित्र आफ्नो स्वामित्व बिक्री गर्ने वा अमेरिकामा प्रतिबन्ध खेप्ने विकल्प दिएको बीबीसीले जनाएको छ ।


यो विधेयक राष्ट्रपति जो बाइडेनले हस्ताक्षर गरेपछि लागू हुन्छ । राष्ट्रपति बाइडेनले विधेकक आफूकहाँ आएपछि अविलम्ब हस्ताक्षर गर्ने बताउनुभएको बीबीसीले जनाएको छ । सिनेटमा विधेयकको पक्षमा ७९ र विपक्षमा १८ जनाले मतदान गरेका छन् ।

 

यस्तै युनिभर्सिटी अफ रिच्मन्डका कानुनका प्राध्यापक कार्ल टोबियासले यो मुद्दामा लामो कानुनी लडाइँ शुरु हुन सक्ने र त्यो झन्डै दुई वर्षसम्म चल्न सक्ने बताउनुभएको छ । बाइटड्यान्सले अमेरिकी सिनेटको निर्णयबारे आफ्नो कुनै प्रतिक्रिया नभएको बीबीसीलाई बताएको छ ।

 

यसअघि गएको महिना टिकटकका प्रमुख कार्यकारी शोउ जी चुले टिकटकको रक्षाका लागि आफ्नो कानुनी अधिकार प्रयोग गर्न यथासम्भव सबै कुरा गर्ने बताउनुभएको थियो । टिकटकबाट लाखौँ अमेरिकी प्रयोगकर्तासँग सम्बन्धित तथ्याङ्क चीनले हात पारेको वा पार्न सक्ने अमेरिकाको आशङ्का छ ।

 

सिनेटले टिकटकसम्बन्धी विषयसहित युक्रेन, इजरायल, ताइवान र इन्डो–प्यासिफिक क्षेत्रका अन्य अमेरिकी साझेदारहरूलाई सैन्य सहयोग दिने विषय गरी चार वटा विधयेक पनि पारित गरेको छ ।

प्रतिकृया दिनुहोस

सन् २०२४ मा अस्ट्रेलियाको मुद्रास्फीति तीन प्रतिशतभन्दा कम हुने अनुमान

काठमाण्डौ । अस्ट्रेलियाको मुद्रास्फीति दर सन् २०२४ को अन्त्यसम्ममा केन्द्रीय बैंकको लक्ष्य ब्यान्डमा फर्किने सरकारको प्रक्षेपण छ । ट्रेजरीले

अफगानिस्तानमा बाढी पहिरोमा परेर तीन सयभन्दा धेरै जनाको ज्यान गयो

अफगानिस्तानमा बाढी पहिरोमा परेर तीन सय जनाभन्दा धेरै जनाको ज्यान गएको छ । एक सय २० जनाभन्दा धेरै घाइते भएका छन् । उत्तरी अफगानिस्तानको बाग्लान र ताखर

 भ्रष्टाचार आरोपमा पक्राउ परेका दिल्लीका मुख्यमन्त्री केजरीवाललाई जमानतमा रिहा गर्न सर्वाेच्चकाे आदेश, चुनाव प्रचार गर्न पाउने

काठमाण्डौ । भ्रष्टाचार आरोपमा पक्राउ परेका भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई अन्तरिम जमानतमा रिहा गर्न सर्वोच्च अदालतले