• मंगलबार २-१-२०८१/Tuesday 05-14-2024

नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी

काठमाण्डाै।  नेपाल र कतारबीच आठ वटा क्षेत्रमा सहकार्य गर्ने समझदारी तथा सम्झौता भएको छ । सरकारीस्तरबाट छ वटा र निजी क्षेत्रबाट दुई वटा गरी आठ वटा समझदारी तथा सम्झौता भएकाे परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिनुभयो ।

 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कतारका राजा शेख तमिम बिन हमाद अल थानीसहितको प्रतिनिधिमण्डलबीच भएको वार्तापछि दुई देशका मन्त्रीहरूबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो । सरकारीस्तरमा भएका समझदारी पत्रमा नेपालका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले हस्ताक्षर गर्नुभएको छ ।

 

कतार र नेपालका राष्ट्रिय समाचार संस्थाहरूबीच समाचार आदानप्रदान र सहकार्यसम्बन्धी सम्झौता भएको छ । यस्तै दुई देशका संस्कृति र कलाको प्रवर्द्धन गर्नेसम्बन्धी समझदारी पत्र, शिक्षा तथा उच्च शिक्षा र वैज्ञानिक अनुसन्धानसम्बन्धी समझदारी पत्र, युवा र खेलकुद सहकार्यसम्बन्धी समझदारी पत्र र दुई देशका महान्यायाधिवक्ताको कार्यालयबीच सहकार्य गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । यस्तै नेपालको इन्स्टिच्युट अफ फरेन अफेअर्स र कतारको कुटनीतिक निकायबीच कर्मचारीलाई तालिम आदानप्रदान गर्ने विषयमा पनि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

 

सरकारीस्तरमा भएका यीबाहेक दुई देशका निजी क्षेत्रबीच दुई वटा सम्झौता भएका छन् । निजी क्षेत्रको तर्फबाट भएका सम्झौतामा नेपालको तर्फबाट उद्योग वाणिज्य महासङ्घ र कतारका तर्फबाट पनि कतारका निजी क्षेत्रका व्यवसायीहरूको संस्थाका प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।

 

यस पटक कतारका राजाको भ्रमण हुँदा नेपालले सन् २००५ मा दुई देशले हस्ताक्षर गरेको श्रम सम्झौताको नवीकरण चाहेको थियो । पूर्णकालीन बीमा, कामदारको ज्यालावृद्धिजस्ता विषय समेट्ने सम्झौताका कतिपय विषय टुङ्गो नलागेकोले थाती राखेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

 

सम्झौता गर्नुअघि कतारका राजा थानीसँग भएको भेटमा प्रधानमन्त्री प्रचण्डले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्न र इजरायलमा रहँदा हमासले बन्धक बनाएका विपिन जोशीको रिहाइका लागि सहयोग गर्न अनुरोध गर्नुभएको छ ।

 

यस्तै नेपालमा कतारबाट हुन सक्ने लगानी र श्रम क्षेत्रमा थप सहकार्यका बारेमा पनि छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ । प्रधानमन्त्री प्रचण्डले कतारका राजालाई पूर्वाधार, ऊर्जा, शिक्षा र यातायातजस्ता क्षेत्रमा नेपालमा लगानीका लागि अनुरोध गर्नुभएको छ ।

प्रतिकृया दिनुहोस

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवद्वारा राजीनामा

काठमाण्डौ ।  उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिनुभएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपालका

जसपाका प्रदेश र स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलाई आयोगले सनाखतका लागि बोलायो

काठमाडौं । निर्वाचन आयोगले नवगठित जसपा पक्षधरका प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिलाई सनाखतका लागि उपस्थित हुन बोलाएको छ ।   आयोगले

जापानी विदेशमन्त्री खामिखावा नेपालमा

काठमाण्डाै ।  जापानका विदेशमन्त्री खामिखावा योको नेपालको औपचारिक भ्रमणका लागि आज दिउँसो काठमाण्डाै आइपुग्नुभएको छ । उहाँलाई त्रिभुवन