• मंगलबार २-१-२०८१/Tuesday 05-14-2024

नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर

काठमाण्डाै ।  नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्य गर्ने समझदारीमा हस्ताक्षर भएको छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणका क्रममा भएको द्विपक्षीय वार्तापछि समझदारी पत्रमा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कतारका राजा थानीबीच आज भएकाे भेटवार्तापछि प्रतिनिधिमण्डलले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । वार्ताका क्रममै दुवै देशबीच लगानी र सहकार्यका विषयमा सझदारी भएको हो ।

 

परराष्ट्र मन्त्रालयका अनुसार दुई देशबीचका सरकारी समाचार एजेन्सी, महान्यायाधिवक्ता कार्यालयसम्बन्धी, कुटनीतिक तालिम र अध्ययन, शिक्षा, कला र संस्कृति, खेलकुद क्षेत्रमा सहकार्य गर्ने समझदारी बनेको छ । यस्तै कतार चेम्बर अफ कमर्स र नेपाल उद्योग वाणिज्य महासङ्घबीच पनि दुई वटा सम्झौता भएका छन् ।

प्रतिकृया दिनुहोस

सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरण : विकल पाैडैलसहित ६ जनाविरुद्ध ४० कराेडभन्दा धेरै बिगाे माग गर्दै मुद्दा दायर

काठमाण्डाै । सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन सफल श्रेष्ठसहित छ

राजनीतिक अस्थिरताले विकासका काम अगाडि बढ्न सकेन : केपी ओली

काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक अस्थिरताका कारण विकास निर्माण हुन नसकेको बताउनुभएको छ । एमालेको भौतिक

सहकारी ठगीमा मुछिएका जीबी राईलाई यसअघिको सरकारले भगाएको गृहमन्त्री लामिछानेको आरोप

काठमाण्डौ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगीमा मुछिएका जीबी राईलाई यसअघिको सरकारले भगाएको आरोप लगाउनुभएको छ । चितवनमा आज बिहान