• मंगलबार २-१-२०८१/Tuesday 05-14-2024

केन्यामा हेलिकोप्टर दुर्घटना हुँदा सेना प्रमुखसहित १० जना वरिष्ठ कमाण्डरको ज्यान गयो

केन्यामा हेलिकोप्टर दुर्घटना हुँदा सेना प्रमुख फ्रान्सिस ओगोलासहित १० जना वरिष्ठ कमाण्डरको ज्यान गएको छ । केन्याका राष्ट्रपति विलियम रुटोले देशको उत्तर–पश्चिमी भागमा भएको हेलिकप्टर दुर्घटनामा उनीहरूको ज्यान गएको बताउनुभएको कतारी सञ्चारमाध्यम अलजजिराले जनाएको छ ।

 

एउटा प्राथमिक विद्यालयबाट उडेको हेलिकप्टर स्थानीय समयअनुसार दिउँसो २ बजेर २० मिनेटमा तल खसेर आगलागी भएको थियो । सेना प्रमुखसहितका कमाण्डरहरू समस्याग्रस्त क्षेत्रका डाकुहरूसँग लड्न तथा चलिरहेको विद्यालय नवीकरण कार्यको निरीक्षण गर्न खटिएका सेनाहरूलाई भेट्न गएका थिए ।

 

राष्ट्रपति रुटोले केन्यामा आजदेखि तीन दिनका लागि शोक मनाउने घोषणा गर्नुभएको छ ।
 

प्रतिकृया दिनुहोस

सन् २०२४ मा अस्ट्रेलियाको मुद्रास्फीति तीन प्रतिशतभन्दा कम हुने अनुमान

काठमाण्डौ । अस्ट्रेलियाको मुद्रास्फीति दर सन् २०२४ को अन्त्यसम्ममा केन्द्रीय बैंकको लक्ष्य ब्यान्डमा फर्किने सरकारको प्रक्षेपण छ । ट्रेजरीले

अफगानिस्तानमा बाढी पहिरोमा परेर तीन सयभन्दा धेरै जनाको ज्यान गयो

अफगानिस्तानमा बाढी पहिरोमा परेर तीन सय जनाभन्दा धेरै जनाको ज्यान गएको छ । एक सय २० जनाभन्दा धेरै घाइते भएका छन् । उत्तरी अफगानिस्तानको बाग्लान र ताखर

 भ्रष्टाचार आरोपमा पक्राउ परेका दिल्लीका मुख्यमन्त्री केजरीवाललाई जमानतमा रिहा गर्न सर्वाेच्चकाे आदेश, चुनाव प्रचार गर्न पाउने

काठमाण्डौ । भ्रष्टाचार आरोपमा पक्राउ परेका भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई अन्तरिम जमानतमा रिहा गर्न सर्वोच्च अदालतले