• मंगलबार २-१-२०८१/Tuesday 05-14-2024

निजी विद्यालयहरुले विद्यार्थी भर्ना गराउँदा कानुनबमोजिम बाहेक अतिरिक्त शुल्क लिए काठमाण्डौ महानगरपालिकाले कारबाही गर्ने

काठमाण्डौ ।  काठमाण्डौ महानगरपालिकाले निजी विद्यालयहरुले विद्यार्थी भर्ना गराउँदा कानुनबमोजिम बाहेक अतिरिक्त शुल्क लिए कारबाही गर्ने जनाएको छ ।

 

महानगरपालिकाभित्रका विद्यालयले विद्यार्थी भर्ना शुल्क प्रतिमहिना निर्धारण भएको शुल्कको एक महिनाको भन्दा बढी लिन नपाउने निर्देशका रहेको र त्यसभन्दा धेरै लिएमा कानुनअनुसार कारबाही गर्ने महानगरले जनाएको छ ।

 

महानगरका निमित्त विभागीय प्रमुख सरस्वती पोखरेलले निकालेको सूचनामा संस्थागत विद्यालयहरूलाई कुनै एक कक्षामा भर्ना भइसकेको विद्यार्थी त्यही विद्यालयको अर्को कक्षामा भर्ना गर्दा शुल्क नलिन पनि निर्देशन दिएको छ ।

 

सूचनामा महानगरमा सञ्चालित केही संस्थागत विद्यालयहरूले विद्यार्थी भर्नाको नाममा प्रचलित कानूनले तोकेभन्दा धेरै शुल्क लिएको गुनासो प्राप्त भएको र प्रचलित ऐन नियम, मापदण्ड र निर्देशिका बमोजिमबाहेक विद्यार्थी भर्नालगायतका शुल्क नलिन तथा शुल्क लिएको भए सम्बन्धित अभिभावकलाई फिर्ता गर्न भनिएको छ ।

प्रतिकृया दिनुहोस

नर्सहरूको सेवा–सुविधामा एकरूपता ल्याउन सरकारले सकारात्मक पहल गर्छ  प्रधानमन्त्री प्रचण्ड 

काठमाण्डौ । प्रधानन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नर्सहरूको सेवा–सुविधामा एकरूपता ल्याउन सरकारले सकारात्मक पहल गर्ने बताउनुभएको छ

सरकारले १० जिल्लाका गर्भवती र सुत्केरीलाई ‘एमएमएस

काठमाण्डौ । सरकारले अब गर्भवती र सुत्केरीलाई बहुसूक्ष्म पोषण तत्व मल्टिपल माइक्रोन्युट्रियन्ट सप्लिमेन्टेसन–एम एम एस उपलब्ध गराउने भएको छ ।

बाँकेमा बालबालिकालाई नियमित दिइने खोप डीपीटी र पोलियोको अभाव

काठमाण्डौ । बाँकेको बैजनाथ गाउँपालिमा एक वर्षभित्रका बालबालिकालाई नियमित दिइने डीपीटी खोप र पोलियोको अभाव भएको छ । बालबालिकालाई नियमितरुपमा