• मंगलबार २-१-२०८१/Tuesday 05-14-2024

सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका सोडारी नियुक्त

काठमाण्डौ । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता दीर्घ सोडारी नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख नजिर मियाँले सोडारीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

 

सोडारीलाई नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठ पक्ष र एक जना स्वतन्त्र सांसदको समर्थन रहेको छ । प्रदेश प्रमुख नजिर मियाँले आजसम्मको लागि दलहरूलाई दाबी पेश गर्ने समय दिनुभएको थियो ।

 

यसअघि एमालेले एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिन नसकिने बताएपछि कांग्रेसले एकीकृत समाजवादीलाई समर्थन गर्ने बताएको थियो । यो विषयमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच कुराकानी पनि भएको थियो ।

 

देउवाले वैकल्पिक गठबन्धन बनाउनको लागि नेपाली कांग्रेस एकीकृत समाजवादीलाई सघाउन तयार रहेको बताउनुभएको थियो । तर सुदूरपश्चिममा सत्ता गठबन्धन भत्किएमा अरू प्रदेश र केन्द्रसम्म धक्का लाग्ने भएकाले एमालेले मुख्यमन्त्रीमा एकीकृत समाजवादीका दीर्घ सोडारीलाई समर्थन गर्ने निर्णय गरेको हो ।

 

यसअघि एकीकृत समाजवादीले कांग्रेस, राप्रपासँग सहकार्य गरेर नागरिक उन्मुक्तिका रेशम पक्षधर सांसद लक्ष्मण किशोर चौधरीलाई मुख्यमन्त्रीमा समर्थन गरेको थियो । यस्तै माओवादी, एमाले र नागरिक उन्मुक्तिका रञ्जिता श्रेष्ठ पक्षले कैलाश चौधरीलाई मुख्यमन्त्रीमा अघि सारेका थिए ।

प्रतिकृया दिनुहोस

सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम (पूर्णपाठ)

काठमाडौँ  ।  राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत

सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरण : विकल पाैडैलसहित ६ जनाविरुद्ध ४० कराेडभन्दा धेरै बिगाे माग गर्दै मुद्दा दायर

काठमाण्डाै । सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन सफल श्रेष्ठसहित छ

राजनीतिक अस्थिरताले विकासका काम अगाडि बढ्न सकेन : केपी ओली

काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक अस्थिरताका कारण विकास निर्माण हुन नसकेको बताउनुभएको छ । एमालेको भौतिक