• बुधबार २-२-२०८१/Wednesday 05-15-2024

नक्कली भुटानी शरणार्थी प्रकरणमा १० जनाको रिट सर्वोच्चको ’हेर्दाहेर्दै’मा

काठमाण्डौ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका १० जनाको मुद्दा सर्वोच्च अदालतको हेर्दाहेर्देमा परेको छ । जिल्ला अदालत काठमाडौंले गरेको आदेश उच्च अदालत पाटनले आंशिक सदर गरेपछि अभियुक्तमध्ये ६ जना छुटेर १० जना पुर्पक्षका लागि थुनामा छन् ।

 

थुनामा रहेकामध्येका तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले फागुन ११ मा सर्वोच्चमा रिट दायर गरेका थिए । त्यसयता बाँकी ९ जनाका तर्फबाट पनि छुट्टाछुट्टै रिट दायर भएको थियो । ती रिटहरूको संयुक्त सुनुवाइ हुँदै आएकोमा आइतबार न्यायाधीशद्वय कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासमा सुनुवाइ भएको थियो ।

 

आइतबारको सुनुवाइपछि यही संयुक्त इजलासले मुद्दा हेर्दाहेर्दैमा राखेको हो । हेर्दाहेर्दैमा राखेपछि रिटमाथिको सुनुवाइ त्यही इजलासबाट टुंग्याउने अभ्यास छ । 

 

तत्कालीन गृहसचिव पाण्डेसहितले आफूमाथि लागेको आरोपसहित पुर्पक्षका लागि थुनामा पठाउने आदेशसमेतका विरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, उच्च अदालत पाटन, काठमाडौं जिल्ला अदालत, काठमाडौं जिल्ला अदालतका श्रेष्तेदार, महान्यायाधिवक्ता, महान्याधिवक्ताको कार्यालय, काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालय, प्रहरी प्रधान कार्यालय र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई विपक्षी बनाएर रिट दायर गरेका छन् ।
 

प्रतिकृया दिनुहोस

इञ्जिनियरिङ कलेजका तत्कालीन अध्यक्ष न्यौपानेलाई तीन वर्ष कैद, २५ करोड जरिवाना

काठमाण्डौ । नेपाल इञ्जिनियरिङ कलेजका तत्कालीन अध्यक्ष लम्बोदर न्यौपानेलाई तीन वर्ष कैद २५ करोड जरिवाना भएको छ।   सम्पत्ति शुद्धीकरण मुद्दामा

धरौटी जम्मा गर्न नसकेपछि दीपेश पुन कारागार चलान

काठमाण्डौ । सुप्रिम सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका अखिल क्रान्तिकारीका महासचिव समेत रहेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा

पूर्व उपराष्ट्रपतिका छोरा दीपेश पुन धरौटीमा रिहा

काठमाण्डौ । बुटवलको सुप्रिम सहकारीको रकम हिनामिनाको आरोपमा पक्राउ परेको पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन धरौटीमा रिहा भएका छन्