• सोमबार १-१७-२०८१/Monday 04-29-2024

आयरल्यान्ड वुल्भ्सले नेपाललाई दियो २२३ रनको लक्ष्य 

काठमाण्डौ । मैत्रीपूर्ण टी–२० क्रिकेट शृङ्खलाको पहिलो खेलमा आयरल्यान्ड वुल्भ्सबाट नेपाल ‘ए’ ले २२३ रनको लक्ष्य पाएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको वुल्भ्सले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर २२२ रन बनाएको होे ।

 

आयरल्यान्ड वुल्भ्सका पेठर मुरले ४९ रन बनाए । अर्धशतक बनाउन एक रनले चुकेका मुरले ३२ बलमा चार चौका र तीन छक्का प्रहार गरे । २–१ को कठिन अवस्थाबाट मुरले दोस्रो विकेटका लागि केड कार्माइकलसँग ८८ रनको साझेदारी गर्दै वुल्भ्सको इनिङ उकासेका हुन् । 

 

कार्माइकलले २९ बलमा चार चौका र एक छक्कासहित ३८ रन बनाए । कपन नेइल रकले २३ बलमा एक चौका र तीन छक्कासहित ३८ रन नै थपे । स्टेफन डोहेनीले ३४, ग्यारेथ डेलानीले ३० रन बनाउन गाभिन होइले १८ रन जोडे । 

 

नेपालका कमलसिंह ऐरीले तीन विकेट लिए । चार ओभर बलिङ गरेका कमलले ३९ रन खर्चिए । चोटका कारण दुई वर्षपछि टिममा पुनरागमन गरेका कमलले इनिङको दोस्रो बलमै विकेट लिएका थिए । 

 

कीर्तिपुरमै दुई वर्षअघि भएको मलेसियाविरुद्धको खेलमा कमलको क्ल्याभिकल बोन (ब्युटी बोन)मा चोट लागेको थियो । त्यसयता मैदानबाट बाहिर रहेको कमलले वुल्भ्सविरुद्ध कप्तान विनोद भण्डारीबाट इनिङको पहिलो ओभरमा नै बलिङ गर्ने अवसर पाएका थिए । यसबाहेक, सागर ढकाल र आरिफ सेखले समान एक विकेट लिए । 
 

प्रतिकृया दिनुहोस

नेपालले र वेस्ट इन्डिज ‘ए’को खेल सवा १२ बजेबाट सुरु हुने

काठमाण्डौ । नेपालले वेस्ट इन्डिज ‘ए’ सँगको टी(२० सिरिजको दोस्रो खेल आज खेल्दैछ । उक्त खेल टीयु क्रिकेट मैदानमा दिउँसो सवा १२ बजेबाट सुरु हुनेछ

राेहित पाैडेलकाे शतकमा नेपालले वेस्ट इन्डिज 'ए' लाई ४ विकेटले हरायाे

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगकाे पाँच खेलकाे टी–२० क्रिकेट शृङ्खलामा नेपालले विजयी शुरुवात गरेकाे छ । आज भएकाे खेलमा नेपालले वेस्ट इन्डिज

इमर्जिङ टिम्स एसिया कपबाट नेपाल बाहिरियो

काठमाण्डौ । एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत नेपालले खराब प्रदर्शन गरेको छ । नेपाललाई चार विकेटले हराउँदै हङकङ एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनोट