• मंगलबार २-१-२०८१/Tuesday 05-14-2024

नयाँ दिल्लीका मुख्यमन्त्री केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

आर्थिक अनियमितता प्रकरणमा पक्राउ परेका भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई थप चारदिन ईडी अर्थात प्रवर्तन निर्देशनालयको हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । उनी अब अप्रिल १ सम्म हिरासतमा रहनेछन् ।

 

यसअघि दिइएको ६ दिनको समय सीमा सकिएपछि ईडीले हिजो केजरिवालमाथि अनुसन्धान गर्न थप सात दिनको समय माग गरेका थियो । तर अदालतले चारदिन मात्रै समय थप गरेको छ । ईडीले केजरीवाललाई सोधपुछपछि एक अप्ताअघिको  बिहीवार निवासबाटै पक्राउ गरेको थियो ।

 

त्यसपछि उनलाई गएको शुक्रवार अदालतमा पेस गरिएको थियो । यस्तै जेलमा रहेकाले केजरीवाललाई मुख्यमन्त्री पदबाट मुक्त गर्नुपर्ने मागसहित परेको निवेदनलाई भने अदालतले खारेज गरेको छ ।

 

अदालतले मुख्यमन्त्री पदबाट मुक्त गर्नुपर्ने नियम र कानुन नरहेको भन्दै त्यसमा न्यायीक हस्तक्षेपको कुनै ठाउँ नभएको बताएको छ ।

प्रतिकृया दिनुहोस

सन् २०२४ मा अस्ट्रेलियाको मुद्रास्फीति तीन प्रतिशतभन्दा कम हुने अनुमान

काठमाण्डौ । अस्ट्रेलियाको मुद्रास्फीति दर सन् २०२४ को अन्त्यसम्ममा केन्द्रीय बैंकको लक्ष्य ब्यान्डमा फर्किने सरकारको प्रक्षेपण छ । ट्रेजरीले

अफगानिस्तानमा बाढी पहिरोमा परेर तीन सयभन्दा धेरै जनाको ज्यान गयो

अफगानिस्तानमा बाढी पहिरोमा परेर तीन सय जनाभन्दा धेरै जनाको ज्यान गएको छ । एक सय २० जनाभन्दा धेरै घाइते भएका छन् । उत्तरी अफगानिस्तानको बाग्लान र ताखर

 भ्रष्टाचार आरोपमा पक्राउ परेका दिल्लीका मुख्यमन्त्री केजरीवाललाई जमानतमा रिहा गर्न सर्वाेच्चकाे आदेश, चुनाव प्रचार गर्न पाउने

काठमाण्डौ । भ्रष्टाचार आरोपमा पक्राउ परेका भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई अन्तरिम जमानतमा रिहा गर्न सर्वोच्च अदालतले