• बुधबार २-२-२०८१/Wednesday 05-15-2024

मनसुन सुरु हुनु अगावै भूकम्प पीडितलाई राहत वितरण गरिने गृहमन्त्रीको दाबी

काठमाण्डौ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मनसुन सुरु हुनु अगावै भूकम्प पीडितलाई राहत वितरण गरिने जानकारी दिनुभएको छ । सरकारले दिने भनेको राहत नपाएर कतिपय भूकम्प पीडितहरु चर्किएको घर र पालमै बस्न बाध्य भइरहँदा गृहमन्त्रीले यस्तो दाबी गर्नुभएको हो ।

 

हिजो प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उहाँले मनसुन सुरु हुनुअगावै राहत वितरण गरिने बताउनुभएको हो । पाँच महिनाअघि कात्तिक १७ गते राति जाजरकोटको बारेकोट गाउँपालिका–१ लामीडाँडा केन्द्रविन्दु भएर गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पका कारण जाजरकोट र रुकुमपश्चिम जिल्लाका बासिन्दा प्रभावित भएका छन् ।

 

जाजरकोटमा ४२ हजार ५ सयभन्दा बढी लाभग्राही कायम भएकोमा ३० हजारभन्दा बढीले अस्थायी आवास बनाएका छन् । यस्तै रुकुम पश्चिमका ३१ हजार ३ सय लाभग्राही रहेकोमा झण्डै ३० हजार अस्थायी आवास बनेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । तर पहिलो किस्ता पाएका कतिपयले दोस्रो किस्ताको रकम पाउन सकेका छैनन् ।

 

अस्थायी आवास बनाउन नसकेका भूकम्प पीडित चर्किएकै घरमा बस्न बाध्य छन् । पुनर्निर्माणको कामले गति लिन नसक्दा कतिपय परिवार पाँच महिनादेखि त्रिपालमुनी बसिरहेका छन् ।

प्रतिकृया दिनुहोस

अन्तत उच्च अदालत पाटनबाट सन्दीप लामिछानेले पाए सफाइ

काठमाण्डौ । क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ । जिल्ला अदालत काठमाण्डौले गरेको फैसला उल्टाउँदै उनलाई

जमुनाहा नाका तीन दिनका लागि बन्द

बाँकेको नेपाल–भारत जमुनाहा नाका तीन दिनका लागि बन्द भएको छ । भारतको उत्तर प्रदेशको बहराइच जिल्लामा आउँदो (सोमबार) हुने लोकसभा निर्वाचनका लागि

सर्लाही : पूर्व–पश्चिम रेलमार्ग निर्माणको काम ९० प्रतिशत सकियो

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माणको काम सर्लाहीमा मात्र ९० प्रतिशत सकिएको छ । यस खण्डअन्तर्गत