• सोमबार १-१७-२०८१/Monday 04-29-2024

मनसुन सुरु हुनु अगावै भूकम्प पीडितलाई राहत वितरण गरिने गृहमन्त्रीको दाबी

काठमाण्डौ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मनसुन सुरु हुनु अगावै भूकम्प पीडितलाई राहत वितरण गरिने जानकारी दिनुभएको छ । सरकारले दिने भनेको राहत नपाएर कतिपय भूकम्प पीडितहरु चर्किएको घर र पालमै बस्न बाध्य भइरहँदा गृहमन्त्रीले यस्तो दाबी गर्नुभएको हो ।

 

हिजो प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उहाँले मनसुन सुरु हुनुअगावै राहत वितरण गरिने बताउनुभएको हो । पाँच महिनाअघि कात्तिक १७ गते राति जाजरकोटको बारेकोट गाउँपालिका–१ लामीडाँडा केन्द्रविन्दु भएर गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पका कारण जाजरकोट र रुकुमपश्चिम जिल्लाका बासिन्दा प्रभावित भएका छन् ।

 

जाजरकोटमा ४२ हजार ५ सयभन्दा बढी लाभग्राही कायम भएकोमा ३० हजारभन्दा बढीले अस्थायी आवास बनाएका छन् । यस्तै रुकुम पश्चिमका ३१ हजार ३ सय लाभग्राही रहेकोमा झण्डै ३० हजार अस्थायी आवास बनेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । तर पहिलो किस्ता पाएका कतिपयले दोस्रो किस्ताको रकम पाउन सकेका छैनन् ।

 

अस्थायी आवास बनाउन नसकेका भूकम्प पीडित चर्किएकै घरमा बस्न बाध्य छन् । पुनर्निर्माणको कामले गति लिन नसक्दा कतिपय परिवार पाँच महिनादेखि त्रिपालमुनी बसिरहेका छन् ।

प्रतिकृया दिनुहोस

इञ्जिनियरिङ कलेजका तत्कालीन अध्यक्ष न्यौपानेलाई तीन वर्ष कैद, २५ करोड जरिवाना

काठमाण्डौ । नेपाल इञ्जिनियरिङ कलेजका तत्कालीन अध्यक्ष लम्बोदर न्यौपानेलाई तीन वर्ष कैद २५ करोड जरिवाना भएको छ।   सम्पत्ति शुद्धीकरण मुद्दामा

आज सात जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधी खुवाइँदै

काठमाण्डौ । सरकारले वैशाख १६ गते सात जिल्लाका ५० लाख ७८ हजारलाई हात्तीपाइले रोगविरुद्धको औषधी खुवाउने भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण

काठमाण्डौको बालाजु बाइसधारामा आजदेखि पाँच दिने मेला

काठमाण्डौ – काठमाण्डौको बालाजु बाइसधारामा आज बिहानदेखि ‘बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेला लागेको छ । प्रत्येक वर्ष चैत शुक्ल पूर्णिमाका दिन