• बुधबार २-२-२०८१/Wednesday 05-15-2024

नेपाल ए र आयरल्याण्ड ए बीचको टी–२० शृङ्खला आजदेखि

काठमाण्डौ - नेपाल भ्रमणमा रहेको आयरल्याण्डको ए टोली र नेपालको ए टोलीबीचको मैत्रीपूर्ण टी– २० क्रिकेट शृङ्खला आजदेखि शुरु हुँदैछ । खेल दिउँसो १ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुरु हुनेछ ।

 

आयरल्याण्ड ए टोलीलाई आयरल्याण्ड उल्भ्स नाम दिइएको छ । नेपाल ए को कप्तानी बिनोद भण्डारीले गर्नेछन् । नेपाली टोलीमा भण्डारीसहित लोकेश बम, देब खनाल, पवन सराफ, किरण थगुन्ना, आरिफ सेख, अर्जुन घर्ती, नारायण जोशी, बशिर अहमद, रसिद खान, सागर ढकाल, बिपिन खत्री, कम सिहं ऐरी, हेमन्त धामी र विकाश आग्री रहेका छन् ।

 

नेपाल ए  र आयरल्याण्ड ए बीचको दोस्रो टी–२० भोलि र तेस्रो खेल आउँदो आईतवार हुनेछ ।

 

यस्तै चैत २१, २३ र २५ गते एकदिवसीय खेल खेल्ने नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको छ । यसअघि नेपाली राष्ट्रिय क्रिकेट टोली र आयरल्याण्ड उल्भबीचको खेल नेपालले २–० ले जितेको थियो । 

प्रतिकृया दिनुहोस

ललितपुर मेयर्सकप टी–२० क्रिकेटमा ललितपुर मेयर्स–११ को विजयी सुरुवात

काठमाणडौ । आयोजक ललितपुर मेयर्स–११ ले ललितपुर मेयर्सकप टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।   त्रिवि क्रिकेट मैदान

रङ्गशालाको निरीक्षणपछि विभिन्न पक्षमा प्रश्न, विश्वकप छनोट खेल हुनेमा शङ्का

काठमाडौ । एएफसीले दशरथ रङ्गशालालाई अन्तर्राष्ट्रिय मान्यता नदिएपछि अर्को महिना यसै मैदानमा विश्वकप छनोट अन्तर्गत नेपालले युएईविरुद्ध खेल्ने खेल

मैत्रीपूर्ण फुटबलमा आज राति नेपाल र इङ्ग्ल्यान्ड 'सी' खेल्दै

काठमाण्डाै ।  नेपाली राष्ट्रिय फुटबल टोली र इङ्ग्ल्यान्डको ‘सी’ टोलीबीचको दोस्रो तथा अन्तिम मैत्रीपूर्ण फुटबल आज राति हुँदैछ । यो खेल नेपाली