• सोमबार १-१७-२०८१/Monday 04-29-2024

नेपाल ए र आयरल्याण्ड ए बीचको टी–२० शृङ्खला आजदेखि

काठमाण्डौ - नेपाल भ्रमणमा रहेको आयरल्याण्डको ए टोली र नेपालको ए टोलीबीचको मैत्रीपूर्ण टी– २० क्रिकेट शृङ्खला आजदेखि शुरु हुँदैछ । खेल दिउँसो १ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुरु हुनेछ ।

 

आयरल्याण्ड ए टोलीलाई आयरल्याण्ड उल्भ्स नाम दिइएको छ । नेपाल ए को कप्तानी बिनोद भण्डारीले गर्नेछन् । नेपाली टोलीमा भण्डारीसहित लोकेश बम, देब खनाल, पवन सराफ, किरण थगुन्ना, आरिफ सेख, अर्जुन घर्ती, नारायण जोशी, बशिर अहमद, रसिद खान, सागर ढकाल, बिपिन खत्री, कम सिहं ऐरी, हेमन्त धामी र विकाश आग्री रहेका छन् ।

 

नेपाल ए  र आयरल्याण्ड ए बीचको दोस्रो टी–२० भोलि र तेस्रो खेल आउँदो आईतवार हुनेछ ।

 

यस्तै चैत २१, २३ र २५ गते एकदिवसीय खेल खेल्ने नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको छ । यसअघि नेपाली राष्ट्रिय क्रिकेट टोली र आयरल्याण्ड उल्भबीचको खेल नेपालले २–० ले जितेको थियो । 

प्रतिकृया दिनुहोस

नेपालले र वेस्ट इन्डिज ‘ए’को खेल सवा १२ बजेबाट सुरु हुने

काठमाण्डौ । नेपालले वेस्ट इन्डिज ‘ए’ सँगको टी(२० सिरिजको दोस्रो खेल आज खेल्दैछ । उक्त खेल टीयु क्रिकेट मैदानमा दिउँसो सवा १२ बजेबाट सुरु हुनेछ

राेहित पाैडेलकाे शतकमा नेपालले वेस्ट इन्डिज 'ए' लाई ४ विकेटले हरायाे

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगकाे पाँच खेलकाे टी–२० क्रिकेट शृङ्खलामा नेपालले विजयी शुरुवात गरेकाे छ । आज भएकाे खेलमा नेपालले वेस्ट इन्डिज

इमर्जिङ टिम्स एसिया कपबाट नेपाल बाहिरियो

काठमाण्डौ । एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत नेपालले खराब प्रदर्शन गरेको छ । नेपाललाई चार विकेटले हराउँदै हङकङ एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनोट