• बुधबार २-२-२०८१/Wednesday 05-15-2024

बालबालिकामा हुने क्यान्सर रोगको निःशुल्क औषधि उपलब्ध गराउने सहमति

काठमाण्डौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) तथा ‘सेन्ट ज्यूड चिल्ड्रेन रिसर्च इन्सिच्युट’बीच बालबालिकामा हुने क्यान्सर रोगको उपचारका लागि निःशुल्क औषधि उपलब्ध गराउने सहमति भएको छ । आज (बुधबार) मन्त्रालयमा आयोजित एक कार्यक्रममा स्वास्थ्य सचिव डाक्टर रोशन पोखरेल र डब्लुएचओ नेपालका प्रमुख डाक्टर राजेश संभाजीराव पाण्डवबीच यससम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

 

स्वास्थ्य सचिव डाक्टर पोखरेलले समझदारीले नेपालमा क्यान्सरबाट पीडित बालबालिकाको उपचारमा सुधार ल्याउन ठूलो योगदान पुर्‍याउने बताउनुभयो । उहाँले शुरुमा निःशुल्क औषधि विभिन्न चारवटा सरकारी अस्पतालमा उपलब्ध गराइने भए पनि पछि आवश्यकताका आधारमा अन्य अस्पतालमा पनि विस्तार गरिने जानकारी दिनुभयो । डब्लुएचओका नेपाल प्रमुख डाक्टर पाण्डवले क्यान्सर भएका बालबालिकाको अत्यावश्यक औषधिमा पहुँच सुनिश्चित गर्नुका साथै क्यान्सर पीडित बालबालिकाको परिवारमा पर्ने आर्थिक भार कम गर्न यो कार्यक्रमले मद्दत गर्ने बताउनुभयो ।

 

मन्त्रालयका नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख डाक्टर कृष्णप्रसाद पौडेललले समझदारीमाअनुसार नेपालले बालबालिकामा हुने क्यान्सरका ३५ प्रकारका औषधि निःशुल्क प्राप्त गर्नेछ । समझदारीअनुसार नेपालले आगामी चार वर्षसम्म क्यान्सरको निःशुल्क औषधि पाउने छ । उहाँकाअनुसार आगामी सेप्टेम्बरदेखि औषधि नेपाल आउने क्रम सुरु हुनेछ । सरकारी अस्पताल भक्तपुर क्यान्सर अस्पताल, विपी कोइराला क्यान्सर अस्पताल भरतपुर, कान्ति बाल अस्पताल र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्ने बालबालिकाले निःशुल्क क्यान्सरको औषधि प्राप्त गर्नेछन् । नेपाल ग्लोबल इनिसिएटिभ फर चाइल्डहुड क्यान्सरका लागि विशेष राष्ट्रको रुपमा सन् २०२० मा छनोट भएको थियो ।

 

अहिले क्यान्सर भएका बालबालिकामा निको भई बाँच्ने दर न्यून र मध्यम आय भएका देशमा मात्र २० देखि ३० प्रतिशत रहेको छ भने उच्च आय भएका देशमा ८० प्रतिशतभन्दा बढी रहेको छ । बालबालिकामा देखिने क्यान्सर नेपालजस्तो अल्पविकसित देशमा निको हुने दर कम रहेको छ । करिब २० देखि ३० प्रतिशत मात्र बालबालिका निको भई बाँच्ने दर रहेको छ । विकसित देशमा भने ८० देखि ९० प्रतिशत बाल क्यान्सर रोग निको पार्न सकिन्छ ।

 

नेपालले सन् २०३० सम्ममा क्यान्सर भएका बालबालिकाको बाँच्ने दर कम्तीमा ६० प्रतिशत पुर्‍याउने लक्ष्य राखेको छ । कान्ति बाल अस्पतालका वरिष्ठ बाल क्यान्सर रोग विशेषज्ञ डाक्टर सनि सिपाइले नेपालमा आर्थिक अभावका कारणले अझै पनि बालबालिका उपचारमा नआएको बताउनुभयो ।

 

उहाँले बालबालिकालाई समयमा नै क्यान्सर रोगको उपचार गरे निको हुने सम्भावना बढी हुने बताउनुभयो । उहाँले नेपालमा नै बालबालिकामा हुने रक्त क्यान्सर ९० प्रतिशत निको पारिरहेको बताउनुभयो । उहाँकाअनुसार नेपालमा बालबालिकालाई रगत, आँखा, कलेजो, हड्डी र मांसपेशीको क्यान्सर हुने गर्दछ । बालबालिकामा १० प्रतिशत वंशाणुगत गुण र ९० प्रतिशत जिनको खराबीले गर्दा क्यान्सर हुने गर्दछ । जन्मेदेखि पाँच वर्षमुनिका बालबालिकालाई बढी मात्रामा क्यान्सर हुने गरेको छ ।

प्रतिकृया दिनुहोस

नर्सहरूको सेवा–सुविधामा एकरूपता ल्याउन सरकारले सकारात्मक पहल गर्छ  प्रधानमन्त्री प्रचण्ड 

काठमाण्डौ । प्रधानन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नर्सहरूको सेवा–सुविधामा एकरूपता ल्याउन सरकारले सकारात्मक पहल गर्ने बताउनुभएको छ

सरकारले १० जिल्लाका गर्भवती र सुत्केरीलाई ‘एमएमएस

काठमाण्डौ । सरकारले अब गर्भवती र सुत्केरीलाई बहुसूक्ष्म पोषण तत्व मल्टिपल माइक्रोन्युट्रियन्ट सप्लिमेन्टेसन–एम एम एस उपलब्ध गराउने भएको छ ।

बाँकेमा बालबालिकालाई नियमित दिइने खोप डीपीटी र पोलियोको अभाव

काठमाण्डौ । बाँकेको बैजनाथ गाउँपालिमा एक वर्षभित्रका बालबालिकालाई नियमित दिइने डीपीटी खोप र पोलियोको अभाव भएको छ । बालबालिकालाई नियमितरुपमा