• मंगलबार २-१-२०८१/Tuesday 05-14-2024

आज, भोलि र पर्सिसम्म नै देशका धेरै क्षेत्रमा मौसम बदली रहने, वर्षाको सम्भावना

काठमाण्डौ।  शुक्रवारसम्म नै बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

महाशाखाका अनुसार आज, भोलि र पर्सिसम्म नै देशका धेरैजसो ठाउँ मुख्य गरी पहाडी क्षेत्रमा मौसम बदली केही ठाउँमा हल्का वर्षा र थोरै ठाउँमा मध्यम वर्षाको अनुमान छ ।

 

अघिल्लो हप्ता बुधवारदेखि देशका धेरै ठाउँमा बदली र वर्षा भैरहेको छ । गएराति पनि काठमाण्डौ उपत्यकासहित सिन्धुपाल्चोक, तनहुँ, संखुवासभा, धादिङलगायतका जिल्लामा हल्का पानी परेको थियो ।

 

काठमाण्डौसहित बाग्मती, कोशी र गण्डकीमा आज दिउँसोपछि हल्का तथा मध्यम पानी पर्ने सम्भावना रहेको महाशाखामा मौसमविद् सरोज पुडासैनीले बताउनुभयो । नेपालमा अहिले पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । प्रि–मनसुनमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने गर्छ ।

 

आज कोशी, बाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली एक–दुई ठाउँमा हल्का हिमपातको सम्भावना पनि छ ।

प्रतिकृया दिनुहोस

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवद्वारा राजीनामा

काठमाण्डौ ।  उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिनुभएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपालका

जसपाका प्रदेश र स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलाई आयोगले सनाखतका लागि बोलायो

काठमाडौं । निर्वाचन आयोगले नवगठित जसपा पक्षधरका प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिलाई सनाखतका लागि उपस्थित हुन बोलाएको छ ।   आयोगले

जापानी विदेशमन्त्री खामिखावा नेपालमा

काठमाण्डाै ।  जापानका विदेशमन्त्री खामिखावा योको नेपालको औपचारिक भ्रमणका लागि आज दिउँसो काठमाण्डाै आइपुग्नुभएको छ । उहाँलाई त्रिभुवन