• सोमबार १-१७-२०८१/Monday 04-29-2024

ललितपुरको ढोलाहिटी ग्याङ फाइट प्रकरणमा होटल सञ्चालकसहित ४ पक्राउ

काठमाडौं । ललितपुरको ढोलाहिटीमा होलीको दिन ग्याङ फाइट हुँदा दुई जनाको हत्या गरेको आरोपी होटल सञ्चालकसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलवार ललितपुर प्रहरीले पत्रकारसम्मेलन गरी पक्राउ पर्ने चार जनालाई सार्वजनिक गरेको हो ।

ललितपुर महानगरपालिका वडा नम्बर २६ ढोलाहिटीस्थित डिप्रस्पाइन रेष्टुरेण्टमा आइतवार राति ग्‍याङ फाइट हुँदा पाँचथर घर भइ खुमलटार बस्ने पुजन राई र धरान घर भई ढोलाहिटी बस्ने रोवश राईको मृत्यु भएको थियो ।

पत्रकार सम्मेलनमा बोल्दै जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शेखर खनालले ढोलाहिटीमा ग्याङ फाइट हुँदा दुई जनाको हत्या आरोपमा होटल सञ्चालकसहित चार जनालाई पक्राउ गरिएको बताउनुभयो । घटनामा संलग्न रहेका एक आरोपी अझै फरार रहेको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार घटनामा संलग्न रहेको आरोपमा खोटाङ साकेला गाउँपालिका वडा नम्बर २ सेखुवा घर भई हाल ललितपुर महानगर २६ जैनखेल बस्ने होटल डिप्रस्पाइनका सञ्चालक ३१ वर्षीय विजय राई र खोटाङ साकेला गाउँपालिका २ रतन्छाप घर भई हाल ललितपुर १५ खुमलटार बस्ने होटलकै अर्का सञ्चालक ३० वर्षीय सुलभ राईलाई पक्राउ गरिएको छ ।

यस्तै जिल्ला भोजपुर ट्याम्केमयुङ गाउँपालिका २ अन्नपूर्ण घर भई ललितपुर २६ जैनखेल बस्ने ३८ वर्षीय विशाल हाड मुकारूङ राई, काठमाडौं गोकर्णेश्वर नगरपालिका ११ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका इमाडोल ६ सानागाउँ बस्ने वर्ष २५ को छेविहाङ राई पक्राउ गरिएको प्रहरीले जनाएको छ । वारदात पाजु गुरुङ भन्ने व्यक्ति भने अझै फरार रहेको र उसको खोजी भइरहेको प्रहरीले बताएको छ । अनुसन्धानका लागि अन्य ८ जना व्यक्तिहरु पनि प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले बताएको छ ।

ललितपुर प्रहरीले पुरानो रिसिबी र आफूलाई नराम्रो व्यवहार गरेर बोलेको र अपशब्द बोलेको निहुँमा विवाद सिर्जना भएको पाइएको बताएको छ । प्रहरीले पाँच जनालाई कतव्र्य ज्यान सम्बन्धि मुद्दा चलाएको छ । पक्राउ परेकाहरूलाई ज्यानसम्बन्धी कसुरमा मुद्दा चलाएर अनुसन्धान भइरहेको र अन्यलाई अनुसन्धान जारी रहेको बताएको छ ।

प्रतिकृया दिनुहोस

धरौटी जम्मा गर्न नसकेपछि दीपेश पुन कारागार चलान

काठमाण्डौ । सुप्रिम सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका अखिल क्रान्तिकारीका महासचिव समेत रहेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा

पूर्व उपराष्ट्रपतिका छोरा दीपेश पुन धरौटीमा रिहा

काठमाण्डौ । बुटवलको सुप्रिम सहकारीको रकम हिनामिनाको आरोपमा पक्राउ परेको पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन धरौटीमा रिहा भएका छन्

पर्साकी एक बाल विकास सहजकर्ताविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाण्डौ । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर जागिर खाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साकी एक बाल विकास सहजकर्ताविरुद्ध विशेष