• सोमबार १-१७-२०८१/Monday 04-29-2024

भारतले न्यूनतम तलबको सट्टा जीवन निर्वाह तलबको व्यवस्था गर्दै

भारतले न्यूनतम तलबको व्यवस्था हटाएर जीवन निर्वाह तलबको व्यवस्था गर्ने भएको छ । अर्को वर्षदेखि न्यूनतम तलबको सट्टा जीवन निर्वाह तलबको व्यवस्था गर्ने तयारी गरेको भारत सरकारका बरिष्ठ अधिकारीलाई उद्धृत गर्दै ’द इकोनोमिक टाइम्स’ले जनाएको छ ।

 

तलब निर्धारण गर्दा घर भाडा तथा मर्मत, खाद्यान्न, स्वास्थ्योपचार, शिक्षा लत्ताकपडालगायत कामदारले गर्नुपर्ने न्यूनतम खर्चको हिसाब गरेर जीवन निर्वाह गर्न पुग्ने किसिमबाट हुनेछ । भारतले शुरु गर्न लागेको जीवन निर्वाह तलबको व्यवस्थालाई अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)ले अनुमोदन गरेको पनि ’द इकोनोमिक टाइम्स’को खबरमा उल्लेख छ ।

 

न्यूनतम तलब र जीवन निर्वाह तलब काम लगाउँदा दिनुपर्ने सबैभन्दा कम तलब रहेकोले उस्तै देखिए पनि बजारमूल्य, आधारभूत आबश्यकता तथा बदलिँदो परिवेशलेसमेत असर गर्ने हुँदा कामदारका लागि लाभदायक हुने भारतीय अधिकारीको भनाई छ ।

प्रतिकृया दिनुहोस

अमेरिकामा टिकटकलाई प्रतिबन्ध लगाउन सक्ने विधेयक सिनेटबाट पारित

एजेन्सी । अमेरिकाको सिनेटले टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउन सक्ने विवादास्पद विधेयक अनुमोदन गरेको छ । विधेयकले टिकटकको स्वामित्व भएको

मध्य अफ्रिकी गणतन्त्रमा डुङ्गा डुब्दा ५८ जनाको ज्यान गयो

एजेन्सी । मध्य अफ्रिकी गणतन्त्रको राजधानी बान्गुईमा एउटा डुङ्गा नदीमा पल्टिँदा कम्तीमा ५८ जनाको ज्यान गएको एएफपीले जनाएको छ । अरू थुप्रै हराइरहेका

केन्यामा हेलिकोप्टर दुर्घटना हुँदा सेना प्रमुखसहित १० जना वरिष्ठ कमाण्डरको ज्यान गयो

केन्यामा हेलिकोप्टर दुर्घटना हुँदा सेना प्रमुख फ्रान्सिस ओगोलासहित १० जना वरिष्ठ कमाण्डरको ज्यान गएको छ । केन्याका राष्ट्रपति विलियम रुटोले देशको