• सोमबार १-१७-२०८१/Monday 04-29-2024

हप्ताको पहिलो कारोबार दिन पनि घट्यो शेयर बजार 

काठमाण्डौ । शेयर बजार आज (सोमबार) पनि घटेको छ । यसअघि गएको मंगलबारदेखि बिहीबारसम्म लगातार घटेको शेयर बजार यो हप्ताको पहिलो कारोबार दिन पनि घटेको हो । आज शेयर बजार परिसूचक नेप्से १७ दशमलव शून्य १ अंकले घटेर दुई हजार ३१ दशमलव ५५ विन्दुमा झरेको छ ।

 

आज होटल तथा पर्यटन, उत्पादन, व्यापार र म्यूचुअल फण्डबाहेकका समूहको शेयर घट्दा लघुवित्त समूहको शेयर उच्च अंकले ओरालो लागेको छ । आज किसान लघुवित्त र बुद्धभूमि हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले घटेर नकारात्मक सर्किट लाग्यो ।

 

समग्रमा बजार घटे पनि आज बोटलर्स नेपाल बालाजु र सर्बोतम सिमेन्टको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । आज ७० लाख ६१ हजार कित्ता शेयर दुई अर्ब ४८ करोड ९१ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै गुर्खाज फाइनान्सको २८ करोड ९० लाख रुपैयाँको शेयर किनबेच भयो ।  

प्रतिकृया दिनुहोस

धेरै रेमिट्यान्स भित्र्याउने बैंकका रूपमा ग्लोबल आइएमई सम्मानित

काठमाडौं । नेपाल राष्ट्रबैकले  ग्लोबल आइएमई बैंक लिमिटेडलाई शुक्रबार सम्मानित गरेको छ । नेपाल राष्ट्र बैंकको ६९औँ वार्षिकोत्सवको अवसरमा

तेस्रो लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै  

काठमाण्डै। आजदेखि तेस्रो लगानी सम्मेलन हुँदैछ । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका

सरकारले अघि बढायाे देशको सार्वभौम साख मूल्याङ्कन प्रक्रिया

काठमाण्डाै । सरकारले देशको सार्वभौम साख मूल्याङ्कन अर्थात् (सोभरेन क्रेडिट रेटिङ) को प्रक्रिया अघि बढाएको छ । तीन वर्षदेखि रोकिएको सार्वभौम साख