• सोमबार १-१७-२०८१/Monday 04-29-2024

राष्ट्रियसभाले तीनै तहका सरकारलाई जोडेको छ : अध्यक्ष नारायणप्रसाद दाहाल

काठमाण्डौ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले तीनै तहका सरकारलाई जोड्ने काम राष्ट्रियसभाको भएको बताउनुभएको छ । अध्यक्ष दाहालले आज चितवनमा पत्रकारहरुमाझ बोल्दै राष्ट्रियसभाले स्थानीय तह र प्रदेशसभाको सेतुको रुपमा काम गर्ने बताउनुभयो ।

 

राष्ट्रियसभामा प्रदेश र स्थानीय तहका भावना, समस्या, जटिलता र सम्भावनाका विषयवस्तु बनाएर छलफल गर्न सुरु गरिसकिएको र त्यहाँ छलफल भएका विषयवस्तु प्रतिनिधिसभा हुँदै सरकारसम्म पुग्ने अध्यक्ष दाहालले बताउनुभयो । हरेक महिनाको अन्तिम साता सातै प्रदेशका समस्या र समस्या समाधानका विषयमा राष्ट्रियसभामा छलफल सुरु गरिएको अध्यक्ष दाहालको भनाइ छ । 

 

राष्ट्रियसभाको महत्व धेरैले बुझ्न नसकेको बताउँदै यसको महत्व स्थापित गर्न आफू लागि पर्ने अध्यक्ष दाहालले बताउनुभयो । राष्ट्रियसभामा अधिकांश विधयेक सर्वसम्मत पारित हुने गरेको भन्दै उहाँले विगत ६ वर्षको अवधिमा राष्ट्रियसभामा चार विधेयक उत्पत्ति भएको उल्लेख गर्दै ती सबै सर्वसम्मत रुपमा पारित गरी पठाएको बताउनुभयो ।

 

राष्ट्रियसभामा राजनीतिकभन्दा पनि आवश्यकताका आधारमा छलफल हुने गरेको र राष्ट्रियसभाले राष्ट्रिय महत्व र सार्वजनिक महत्वका विषयलाई प्राथमिकता दिने गरेको अध्यक्ष दाहालले बताउनुभयो ।

प्रतिकृया दिनुहोस

राष्ट्रपति पौडेलले जारी गर्नुभयो लगानी सहजीकरणसम्बन्धी अध्यादेश

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गर्नुभएको छ ।   राष्ट्रपति

इलाममा सबै केन्द्रबाट मतपेटिका आइपुग्यो, ७ बजे सर्वदलीय बैठक बस्ने

काठमाण्डौ । हिजो शनिबार मतदान भएका इलामका सबै मतदान केन्द्रबाट हिजो रातीसम्ममा सबै मतपेटिका आइपुगेका छन् । ७९ जटा मतदान स्थल र १४९ वटै मतदान

तेस्रो लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै  

काठमाण्डै। आजदेखि तेस्रो लगानी सम्मेलन हुँदैछ । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका